News Portal

  • समयमै देशैभरि पाठ्यपुस्तक पुग्यो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १८ बैशाख २०८०
    ४६२ पटक
    भक्तपुर, १८ बैशाख २०८०

    कर्णालीको कालिकोटका विद्यालयमा गत वर्षमा वार्षिक परीक्षा सकिँदा पनि पाठ्यपुस्तक पुग्दैन थियो । यो वर्ष भर्ना समय चलिरहेकै बेला नौवटै पालिकाका सबै विद्यालयमा पुस्तक पुगिसकेको छ ।

    विगतका वर्षहरूमा परीक्षा सकिँदा पनि पुस्तक नपुग्ने गरेकामा यो वर्ष भर्ना सुरु हुनुपूर्व नै पुस्तक पुगेपछि प्रधानध्यापक र शिक्षक नै अचम्मित् छन् भने विद्यार्थीले नयाँ पुस्तक पाएसँगै खुसीले गदगद ।

    विगतका वर्षमा शैक्षिक सत्र सकिएर वार्षिक परीक्षा सकिँदा पनि कतिपय ठाउँमा पुस्तक नपुग्ने गरेकोमा यो वर्ष समयअगावै विद्यालय र विद्यार्थीका हातमा पुस्तक पुगिसकेको विश्वनाथ सिंखडा बताउँछन् । मान्मास्थित विनोद बुक सेन्टरका नन्दबहादुर शाहीले पनि यो वर्ष नौवटै पालिकामा पुस्तक पुगिसकेको जानकारी दिए ।

    पूर्वी जिल्ला खोटाङका विभिन्न विद्यालयमा विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको आधा समयतिर मात्र सबै पुस्तक पुग्ने गरेको थियो । साकेला गाउँपालिकास्थित श्री जालपा माध्यमिक विद्यालयका प्रधानध्यापक टंक तिवारी यो वर्ष भर्ना सुरु नै नहुँदै पुस्तक आइपुगेको बताउँछन् । ‘यो वर्ष त भर्ना नै सुरु नहुँदै पुस्तक आइपुग्यो, विद्यार्थीले नयाँ पुस्तक लिएर सुरुदेखि नै पढ्न पाएका छन्,’ उनले भने ।

    सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा पनि यो वर्ष पुस्तक पुगिसकेका छन् । गत वर्षहरूमा हुम्लामा पनि परीक्षा सकिँदा पनि पर्याप्त मात्रामा पुस्तक पुग्ने गरेको थिएन ।

    जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमा नै छपाइ गर्ने कागज मसीलगायतको व्यवस्था हुँदा समयमा नै पाठ्य पुस्तक छापेर पठाउन सकिएको जनाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेलगत्तै समयमा नै विद्यार्थीको हातमा पुस्तक पु¥याउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्रीले समयमा नै विद्यार्थीको हातमा पुस्तक पुर्याउनु आवश्यक चासो मात्र नभएर समन्वयकारी भूमिका पनि निभाएको बताउँछन् । ‘गर्यो भने नहुने केही पनि छैन, सरकारले समयमा नै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याउन प्राथमिकता दिएको कारण विद्यार्थीले समयमा नै पुस्तक पाएका हुन्’, उनले भने ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री पहिलो पहिलो साता नै सचिव र सचिवालयलाई बोलाएर किन समयमा नै पुस्तक पुग्दैन भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्रीले पाठ्यपुस्तक छपाइ र विद्यार्थीका हातमा समयमा नै पुर्याउन भन्दै दैनिक प्रगति विवरण बुझाउन सचिवालयलाई निर्देशन दिएपछि सचिवालयका कतिपय सदस्य कहिले प्रेस, कहिले भेन्डरसँग नियमित रूपमा सम्पर्कमा रहेर काम गरेका थिए ।

    ‘कागज र मसी समयमा नै नआउने र प्रेसले पनि समयमा नै नछाप्दा समस्या हुने गरेको रहेछ, प्रधानमन्त्रीको विशेष चासोपछि यी विषय हल भएपछि समयमा विद्यार्थीका हातमा पुस्तक पुगेका हुन्’ प्रधानमन्त्रीका सचिवालयका एक सदस्य सूर्य किरणले भने ।

    गत वर्षहरूमा सरकारले समयमा नै पुस्तक पुर्याउन नसकेको भन्दै सरकारको सबैभन्दा धेरै आलोचना हुने गरेको थियो । सदनमा सांसदले पटकपटक पुस्तक पुर्याउन माग गर्ने गरेका थिए । संसदीय समितिले पुस्तक छिटो छापेर पुर्याउन निर्देशन नै दिनुपर्ने हुन्थ्यो । यसपटक भने समयमा नै पुस्तक पुगेपछि विरोधको सट्टा सकारात्मक सन्देश बढी हुने गरेको पाइएको छ ।

    ७७ वटै जिल्लाका विद्यार्थीका हातमा किताब पुग्यो : शिक्षा मन्त्रालय
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी गराइएको हो ।

    वैशाख दास्रो हप्तासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरिसकेका मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताएका छन् ।

    यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६–१० का लागि १ करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाबाट कक्षा १–५ का लागि १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ गरी ७७ वटै जिल्लाका सूचीकृत १ हजार २ सय ६७ स्थानीय विक्रेतामार्फत बिक्रीवितरण भइरहेको उनले बताएका छन् ।

    उनले पाठ्यपुस्तक नपुगेको ठाउँमा सम्पर्क भएको मितिले दुई दिनभित्र सबैभन्दा नजिकको विक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको पनि जानकारी दिए । उनले ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान जारी रहेको पनि बताएका छन् । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...