News Portal

  • गाँजासहित मकवानपुरका एक वडाध्यक्ष पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ बैशाख २०८०
    २५२ पटक
    भक्तपुर, १९ बैशाख २०८०

    मकवानपुरका एक वडाध्यक्ष पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष गाँजासहित पक्राउ परेका हुन् ।

    प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

    लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीको कमाण्डमा खटिएको संयुक्त टोलीले मकवानपुरको थाहा नगरपालिका–७ आग्रा बस्ने ७६ वर्षीय भीमबहादुर थिङ, ३९ वर्षीय शिवराज थिङ र ६७ वर्षीय इन्द्रबहादुर थिङलाई नियन्त्रणमा लिएको हो ।

    शिवराज वडाध्यक्ष हुन्, भने भीमबहादुर उनका बुबा हुन् । उनीहरू तीन जनाकै घरबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    भीमबहादुर थिङ र शिवराज थिङको घरबाट ३० वटा पोकामा २७ किलो ग्राम गाँजाको धुलो र इन्द्रबहादुर थिङको घरबाट १० वटा बोरामा १ सय ७५ किलो लागूऔषध गाँजा गरी २ सय २ किलो लागूऔषध गाँजा तथा त्यसको धुलोसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएका तीनै जनालाई इलाका प्रहरी कार्यालय पालुङ मकवानपुर ल्याइएको र कारबाहीका लागि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...