News Portal

  • यातायातका उपसचिव भट्टराई अख्तियारको फन्दामा, स्वर्गीय आमालाई समेत प्रतिवादी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ बैशाख २०८०
    ३७२ पटक
    भक्तपुर, १९ बैशाख २०८०

    यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) सुकेधारा, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराई अख्तियारको फन्दामा परेका छन् । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेको हो ।

    उजुरी उपर अनुसन्धान हुँदा भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३८ साउन १ गतेदेखि मिति २०७५ मंसिर मसान्तसम्मको अवधिमा १ करोड १५ लाख २९ हजार १ सय ९३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको ठहर छ । भट्टराईले अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको र स्रोत नखुलेको सम्पत्ति पुष्टि हुन आएको हुँदा बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति जफतका लागि भन्दै उनकी पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक र छोरी प्रेरिकाका साथै स्वर्गीय आमालाई समेत प्रतिवादी बनाइ बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...