प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन दलको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी तय भएको प्रधानमन्त्री कार्यलयले जनाएको हो ।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउन प्रधानमन्त्री प्रत्यत्नशील छन् ।
रास्वपा सरकारमा आए गठबन्धन दलबीच भागबण्डा मिलाउनुपर्ने हुन्छ । बैठकमा त्यसबारे छलफल गर्ने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ । आजै बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ ।