News Portal

  • बलराम थापा र राजेन्द्र दाहाललाई बरिष्ठ पत्रकार सम्मान, ६ पत्रकारले पाए राष्ट्रिय पुरस्कार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ बैशाख २०८०
    ४२४ पटक
    balaram thapaभक्तपुर, २४ बैशाख २०८०

    राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार द्वय बलराम थापा र राजेन्द्र दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार उनीहरुलाई सम्मान गरेका हुन् ।

    सम्मानित हुने थापा प्रेस सेन्टर नेपालका पूर्व उपाध्यक्ष एवं तत्कालिन जनयुद्ध पक्षधर पत्रकार हुन् । उनी मूलप्रवाह मासिकका सम्पादक रही पत्रकारितामा क्रियाशील रहेका छन् । त्यसैगरी अर्का सम्मानित व्यक्तित्व दाहाल प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हुन् । उनी शिक्षक मासिकमा सम्पादक रही पत्रकारितामा क्रियाशील रहेका छन् । उनीहरुलाई जनही २ काख रुपैया र सम्मान पत्र प्रदान गरिएको छ ।

    संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सिंहदरवारमा आयोजित कार्यक्रममा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट छ जना पत्रकार पनि पुरस्कृत भएका छन् । पत्रकारहरु अनिता विन्दु, गणेश लम्साल, लक्ष्मी आचार्य, रामकृष्ण ज्ञवाली, गम्भीरा सहनी र अम्बिका दाहाल पुरस्कृत भएका हुन् । उनीहरुलाई जनही १ लाख सहित प्रामाण पत्र प्रदान गरिएको छ ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुश्पमल दाहाल प्रचण्डले पत्रकारिता क्षेत्रमा देखिएका कमजोरी बिकृती बिरुद्ध पत्रकार आफैं सचेत भै लाग्नुपर्ने सुझाव दिए । उनले सबल पत्रकारिताले नै देशलाई बिकास र उन्नती तर्फ लैजान सहयोग मिल्ने बताउदै सरोकारवाला संग सहकार्य गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार तत्पर रहेको प्रतिवद्धता प्रकट गरेका छन् ।

    संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको अध्यक्षतामा सम्पन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, पत्रकारका संघसंगठनका प्रमुख एवं प्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...