News Portal

  • जनयुद्ध जस्तै भ्रष्टाचार बिरुद्धको लडाई पनि जनताको सहयोगले जित्ने प्रचण्डको जिकिर

    मदन ढुंगाना / भक्तपुर पोस्ट काभ्रे, २६ बैशाख २०८०
    ४६१ पटक
    काभ्रे, २६ बैशाख २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु गरिएको बताएका छन् । जनयुद्धको सफल नेतृत्व गरेका प्रचण्डले भ्रष्टाचार बिरुद्धको लडाई पनि जनताको सहयोगले जित्ने विश्वास व्यक्त गरेका छन् ।

    मंगलबार काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ”भ्रष्टाचार विरुद्धको लडाईमा जनयुद्धमा जस्तै जनताको बलियो साथ् चाहिएको छ ।” उनले जनताको सहयोगले भ्रष्टाचार बिरुद्धको लडाई जितिने जिकिर गरे । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न नपाउने उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने र भ्रष्टाचारको अन्त्य बिना विकास र सम्वृद्धि सम्भव नहुने उल्लेख गर्दै भ्रष्टाचार बिरुद्धको लडाई छेडेको आफ्नो सरकारलाई सहयोग गर्न अपील समेत गरेका छन् ।

    आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै न्याय, समानता र सुशासनलाई महत्वका साथ् अघि बढाएको दावी गर्दै उनले अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नै नेतृत्वमा लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आफ्नो कार्यकालमा धेरै उपलब्धी हासिल हुने र इतिहासमा यसलाई स्वर्णिम अक्षरले लेखिने उद्घोष समेत गरे ।

    हिजोको राज्य संरचनाले काठमाडौंको नजिकै भएर पनि काभ्रेलाई सेवा सुविधाबाट बन्चित गराएको स्मरण गर्दै उनले काभ्रेको महाभारत क्रान्तिका आधार इलाका बनेजस्तै बिकास र सम्वृद्धिको उदाहरणीय बन्नुपर्ने बताए । ”महाभारतमा तपाईहरुले पनि आफ्ना विकास प्रेमी जनप्रतिनिधिलाई जिताउनुभयो र मैले पनि यहाँको विकास र निर्माणलाई उच्च प्राथमिकता दिएँ । त्यसैको परिणाम म  धेरै पटक र यस पटक पनि आएँ ।’ जनसभा लाई सम्बोधन गर्दै उनले भने ।

    संघीयता किन चाहियो भन्नेहरुलाई महाभारतले उत्तर दिनसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारले यहाँ बनाउन लागेको १७ किमि सडक संघीयताकै उपज भएको बताए । सो सडक ६३ करोड लागत योजनामा निर्माण कम्पनीसंग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख श्रवन ढुंगानाले जनाएका छन् ।

    प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईं, प्रधानमन्त्रीका स्वकीय सचिवहरु, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ,काभ्रे जिसस प्रमुख दिपक गौतम, काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सडक डिभिजन भक्तपुरका प्रमुख मेघराज मरासिनि, पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख भरतकुमार यादव लगायतको उपस्थिति रहेको महाभारत गाउपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी गराए । कार्यक्रममा हजारौं स्थानीयले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...