News Portal

  • राजनीतिक र प्रशासनिक पहुँचवालालाई नै समातेपछि काँग्रेस नेताहरुको ऐक्यबद्धता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ बैशाख २०८०
    ४७३ पटक
    भक्तपुर, २७ बैशाख २०८०

    भुटानी शरणार्थी सम्बन्धी संगठित अपराधमा रहेको जालो खोज्नेक्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेक नारायण पाण्डे सहित राजनीतिक र प्रशासनिक पहुँचवाला लाई नै समातेर अनुसन्धानको दायरामा ल्याएपछि वर्तमान सरकार र यसका उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा चुलिएको छ । गृह प्रशासनको यो कदमप्रति समर्थन जनाउदैं नेपाली काँग्रेसका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई स्वाबासी नै दिएका छन् ।

    नेपाली काँग्रेसका नेताहरु गुरुराज घिमिरे, डा गोबिन्द पोखरेल, मधु आचार्य,रन्जित कर्ण, भूपेन्द्रजंग शाही लगायतका नेताकार्यकर्ताको टोलीले सिंहदरवार पुगेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्ला कदमप्रति ऐक्यबद्धता जनाएका उनका स्वकीय सचिव विजय गौतमले बताए ।

    भेटमा अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र दोषीलाई कारवाही गर्न खबरदारी समेत गरिएको नेता मधु आचार्यले जनाएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडी बढ्ने विश्वास दिलाएका नेता आचार्यले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...