News Portal

  • होटल संचालकले लिए खाजा खान आएका ग्राहकको ज्यान

    भक्तपुरपोस्ट संवाददाता धादिङ, २८ बैशाख २०८०
    ३५० पटक
    धादिङ, २८ बैशाख २०८०

    धादिङको गल्छीमा खाजा खान आएका ग्राहकको ज्यान लिइएको छ । गल्छी गाउँपालिका–८ गल्छी निबुवा बोटेमा सञ्चालित एक होटलका संचालकले खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरेका हुन् ।

    गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ बस्ने होटल संचालक २६ वर्षीय निरज पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

    खाजा खाएपछि पैसा तिर्नेबेला भनाभन भएपछि होटल संचालकले छुरा प्रहार गरी सख्त घाइते बनाएका थापा मगरको उपचारको क्रममा काठमाडौंमा ज्यान गएको बताइएको छ ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा उप प्रधानमन्त्रीलाई तानातान

    भक्तपुरको चाँगुनारायणमा बिहीवार उप प्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह देखिए । स्मार्ट सिटी कार्यान्वयन...

    शहीद पत्नी एवं भक्तपुर कांग्रेसकी नेतृ झाको निधन

    शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ ।...

    एसईई दिने विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अभिमुखीकरण

    नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ...

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...