News Portal

  • फोहोर ब्यवस्थापनको बैठकमा बालेन अनुपस्थित : पालिकामै व्यवस्थापनका लागि सरकारको तयारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ बैशाख २०८०
    ३४६ पटक
    भक्तपुर, २९ बैशाख २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक ढंगले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको प्रयास भइरहेको बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा शुक्रबार उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फोहोरलाई समस्याको रुपमा मात्र नभई ऊर्जा र उत्पादनको स्रोतको रुपमा लिने गरी व्यवस्थापन प्रयास भइरहेको प्रष्ट पारे ।

    विभिन्न देशले अवलम्बन गरिरहेका फोहोर व्यवस्थापनका विधिहरु नेपालमा लागू गर्ने विषयमा पहल भैअरखेको भन्दै उनले यसका लागि सामूहिक सहकार्यको आवश्यकता औल्याए ।सबैको संयुक्त प्रयासबाट यसको समाधानतर्फ लाग्नु आवश्यक भएको उनको भनाइ छ ।

    उपत्यकाको फोहोर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जांदा यसले उपत्यकाबासीको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्ने विषयमा जारी वारेन्ट खारेज गर्ने र गिरफ्तार भएकाहरुलाई तत्काल छाड्ने आश्वासन समेत दिए ।

    उनले फोहरमैला व्यवस्थापनको लागि १३ सदस्यीय समिति गठन तथा ६ सदस्यीय टास्क फोर्स गठन गरी १० दिनभित्रमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

    बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोहोरमैला व्यवस्थापन सबैको साझा चुनौती बनिरहेको अवस्थामा भक्तपुर नपाले फोहरलाई स्रोतबाटै कम गर्ने उद्देश्यले कुहिने र नकुहिने फोहोर घर घरबाट अलग अलग संकलन गर्दै आफ्नै क्षेत्रभित्र फोहोर व्यवस्थापन गर्दै आइरहेको स्पष्ट पारे ।
    उनले नगर घोषणा गर्नुअघि बसपार्क, विद्यालय, अस्पताल, पोखरी, फोहरमैला व्यवस्थापनलगायत सबैको बन्दोबस्त गर्नुपर्नेमा दलहरुले जथाभावी नगर घोषणाको परिणाम अहिले देशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनको समस्या भइरहेको टिप्पणी गरे ।

    विश्वका विकसित देशहरुले फोहरलाई आम्दानीको स्रोत बनाइरहेका उदाहरणहरु प्रस्तुत गर्दै उनले सरकारले होटल, रेष्टुरेन्ट, उद्योग—कारखाना र अस्पतालहरुमा इन्सेनेरेटर प्रयोग गर्न सरकारले आवश्यक आर्थिक सहयोग गनुपर्ने स्पष्ट पारे ।

    फोहोर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिन नहुुने कुरा कानुनमै स्पष्ट उल्लेख हुनुपर्ने बताउँदै उनले फोहोर व्यवस्थापनबारे संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट भएको कानुनको व्यवस्था गर्नुपर्ने बताए ।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फोहोर व्यवस्थापन गर्न महानगरपालिकाभित्र जग्गा अभाव रहेको बताउँदै बञ्चरेडाँडाको विकल्प संघ सरकारले नै व्यवस्था गरेको खण्डमा सरकारको निर्देशनअनुसार आफूहरु क्रियाशील रहने जानकारी गराए ।

    कार्यक्रममा धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले फोहोर व्यवस्थापनको लागि पटक पटक बैठक बसी निर्णय भए पनि कार्यान्वयन भने हुन नसकेको बताउँदै सिसडोल र बन्चरेडाँडाको भौतिक विकासमा राज्य संवेदनशील भएर लाग्नुपर्ने माग गरे ।

    बेलकोटगढी नपाका प्रमुख जगतबहादुर गुरुङले फोहोर व्यवस्थापन वैज्ञानिक ढंगले गर्न सरकारको ध्यानाकर्षण गराउँदै बञ्चरेडाँडामा बसोबास गर्ने नागरिकहरुको स्वास्थ्य अवस्था निकै नाजुक रहेको र जनताको मानवअधिकार हनन् भएको बताए ।

    त्यस्तै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले उपत्यकाको फोहोर व्यवस्थापन नहुँदा रोगब्याधी व्यापक बढ्ने क्रम जारी रहेको बताउँदै फोहोर व्यवस्थापनको लागि आवश्यक तीन तहका सरकारबीच सहकार्य गर्न स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको प्रतिबद्धता प्रकट गरे ।

    अर्थमन्त्री प्रकाशशरण महतले स्थानीय तहको फोहोर व्यवस्थापन आ—आफ्नै क्षेत्रभित्र गर्नेतर्फ ध्यानाकर्षण गराउँदै पीडितको यथोचित मागलाई केन्द्र सरकारले सम्बोधन गर्नुपर्ने धाराणा राखे ।

    संघीय सांसद अर्जुननरसिंह केसीले फोहोर व्यवस्थापनबारे स्पष्ट कानुनको आवश्यकता औंल्याउँदै बन्चरेडाँडा र सिसडोलका जनताको समस्या समाधानमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए ।

    कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले स्थानीय तहहरुले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गरी फोहोरमैला व्यवस्थापन आ—आफ्नै क्षेत्रभित्र गर्नुपर्नेमा जोड दिए ।

    उक्त कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले फोहोर व्यवस्थापनबारे जिम्मेवारी बाँडफाँटमा स्पष्टता नहुँदा काम गर्न बाधा पुगिरहेको बताउँदै अन्य देशहरुको अभ्यासलाई अवलम्बन गरी फोहोर व्यवस्थापनलाई सामान्य रुपमा लिई समस्या समाधानतर्फ सरकार अग्रसर हुनुपर्ने बताइन ।

    उपत्यका भित्रका पालिका प्रमुखहरु सहभागी बैठकमा फोहोर ब्यवस्थापनको बैठकमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) भने अनुपस्थित रहे । बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी सहभागी थिए ।

    संघीय मामिला मन्त्री अमनलाल मोदी, बागमती प्रदेशसभा सदस्य मधुकुमार श्रेष्ठ, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, सहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, सहरी विकास मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका सचिवलगायतले पनि फोहोर व्यवस्थापन बारे धारणा राखेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...