News Portal

  • समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेका निम्ति युद्धको घोषणा भएको प्रचण्ड उद्घोष

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ असार २०८०
    ४२९ पटक
    भक्तपुर, ४ असार २०८०

    चार दलको समाजवादी मोर्चा नेपालको घोषणा भएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता व्यक्त गरेको छ ।

    सहमति पत्रमा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको उद्देश्य रहेको जनाएको छ ।

    यस्तै, मोर्चाको संगनठनात्मक संरचनामा दलहरूका अध्यक्षहरू रहने भएका छन् । यसका साथै तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजक समिति हुने छ ।

    मोर्चाको समझदारी पत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन ।

    उक्त अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताएका छन्। “परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोज्नेका विरुद्ध यो मोर्चा एक प्रकारको युद्ध हो” उनले स्पष्ट पारे ।

     

    13Shares
    facebook sharing button
    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...