News Portal

  • उदारताबादको विरोध गर्नुपर्ने ११ कारण

    भक्तपुर, ५ साउन २०८०
    ३०५ पटक
    भक्तपुर, ५ साउन २०८०

    हामी सकृय बिचारधारात्मक संघर्षको समर्थन गर्दछौं । किनभने यो एउटा यस्तो हतियार हो जसले हाम्रो संघर्षको हितमा पार्टीको एकता र क्रान्तिकारी संगठनहरुको एकताको ग्यारेण्टी गर्दछ । प्रत्येक कम्युनिष्ट क्रान्तिकारीहरुले यस हतियारलाई उपयोगमा ल्याउनु पर्दछ ।
    तर उदारताबादले बैचारिक संघर्षलाई परित्याग गरी सिद्धातहीन क्रान्तिको समर्थन गर्दछ ।यसरी उदारताबादले एक किसिमको सडेगलेको, मक्किएको प्रबृत्तिलाई जन्माउँदछ र पार्टी संगठनका कतिपय इकाई र ब्यक्तिहरुलाई पतनको दिशातर्फ डोर्याउँदछ । उदारबाद शब्दमा जति फराकिलो, प्रजातान्त्रिक र नरम, मुलायम जस्तो देखिन्छ त्योभन्दा बढी यसले संगठन, पार्टी र ब्यक्तिहरुमा ब्यापक बिकृति एबं कुरुपता र घातक प्रबृत्तिहरुलाई जन्म दिन्छ । यो बिभिन्न रुपमा प्रकट हुन्छ ।

    १. उदाहरणको निम्ति सम्बन्धित ब्यक्ति स्पष्टरुपमा गलत छ भन्ने जान्दा जान्दै पनि पहिलादेखिको सहकर्मी अथवा पहिलादेखिको आफ्नो मातहतमा रहेको ठानी उससँग सैद्धान्तिक आधारमा तर्क गर्नुको सट्टामा शान्ति र मित्रता बनाइ राख्ने नाममा समस्यालाई छोडिदिनु राम्रो सम्बन्ध कायम रहेको भनी समस्यालाई पूर्णरुपले समाधान नगर्नु र परिणामस्वरुप संगठन तथा सम्वन्धित ब्यक्ति दुबैलाई नोक्सान पुर्याउनु यो पहिलो किसिमको उदारतावाद हो ।

    २. संगठन समक्ष स्पष्टरुपमा आफ्ना सुझाव प्रस्तुत नगरी संगठन बाहिर गैर जिम्मेवार तरीकाले आलोचना गर्नु, ब्यक्तिको अगाडि केही नबोल्नु तर पिठ्यू पछाडि गाली गलौज गर्दै हिड्नु अथवा सामुमा चुप लागेर बस्नु तर पछि गएर बकवास गर्दै हिड्नु र सामुहीक जीवनको सिद्धान्तलाई नजरअन्दाज गरी केवल आफ्नो इच्छा अनुसार चल्नु यो दोश्रो किसिमको उदारतावाद हो ।

    ३. कुनै कुरासँग यदि आफ्नो प्रत्यक्ष सरोकार छैन भने त्यसको तर्फबाट बिल्कुलै उदासीन बन्नु, कुन कुरा गलत हो भन्ने ज्ञान राम्रोसँग हुँदाहुँदै पनि त्यसका बारेमा ज्यादै कम बोल्नु, जोसँग पनि काम लिनु र छाला जोगाउँने प्रयत्न गर्नु तथा केवल आफुलाई कतैबाट आक्षेप नआओस् भन्ने प्रयास मात्र गर्नु यो तेश्रो किसिमको उदारतावाद हो ।

    ४. निर्देशनहरुको पालना नगर्नु तर स्वयं आफ्नो मतलाई सर्बोपरी राख्नु, संगठनबाट आफुप्रति बिशिष्ठ ब्यवहारको माग गर्नु तर संगठनको अनुशासनलाई मान्न इन्कार गर्नु यो चौथो किसिमको उदारतावाद हो ।

    ५. एकताको बृद्धि गर्ने या सुचारुरुपले कार्य सञ्चालन नगर्ने उदेश्यले गलत बिचारहरुको बिरुद्ध संघर्ष या बादबिबाद गर्नुको सट्टा ब्यक्तिगत आक्षेप लगाउनु, झगडा पार्न ब्यक्तिगत टिका टिप्पणी गर्नु अथवा बदला लिनु यो पाँचौ प्रकारको उदारताबाद हो ।

    ६. गलत विचारहरुलाई सुनेर पनि तिनको बिरोध नगर्नु र यहाँसम्म अगाडि बढ्नु कि क्रान्तिविरोधी कुरा सुनेर पनि त्यसबारेमा नेतृत्वलाई खबरसम्म नगर्नु वा केही पनि नभएको जस्तो गरी चुपचाप सहिरहनु यो छैटौं किसिमको उदारतावाद हो ।

    ७. जनताको माझमा रहेर पनि प्रचार र आन्दोलन नगर्नु अथवा जाँचबुझ नगर्नु या भाषण नदिनु बरु उल्टै जनतासँग कुनै वास्तै नराख्नु, उनीहरुका सुख सुविधातर्फ कुनै ध्यानै नपुुर्याउनु, आफु कम्युनिष्ट हुँ भन्ने कुरा भुलेर गैर कम्युनिष्ट जस्तो ब्यवहार गर्नु यो सातौ किसिमको उदारतावाद हो ।

    ८. जनताका हितमाथि कसैले कुठाराघात गरिरहेको देखेर पनि क्रुद्ध नहुनु, त्यस्ता मानिसलाई सम्झाई बुझाई गर्नु वा नरोक्नु बरु उल्टै त्यसलाई सबथोक गर्नदिनु आठौं किसिमको उदारतावाद हो ।

    ९. कुनै निश्चित योजना या निर्देशन बिना मन नलगाइ नलगाइ काम गर्नु, लापरबाही तरीकाले या कुनै न कुनै तरीकाले ड्यूटी पूरा गर्दै जानु, जसरी तसरी दिन बिताउनु ‘जबसम्म बौद्ध भिक्षु रहन्छु, घण्टी ’बजाउँदै रहनेछु’ उखान चरितार्थ गर्नु नवौं किसिमको उदारतावाद हो ।

    १०. आफ्नो सम्वन्धमा मैले क्रान्तिलाई ठूलो योगदान दिएको छु भन्ने सोच्नु, बडो बुद्धिमान भएको घमण्ड गर्नु, ठूलो काम गर्न अयोग्य हुनु तर पनि सानो कामलाई हेय दृष्टिले हेर्नु, कामप्रति लापरबाह हुुनु र आफ्नो मनमा कमजोरी आउन दिनु दशौं प्रकारको उदारतावाद हो ।

    ११. आफुले गल्ती गरेको थाहा पाउँदा पाउँदै पनि तिनलाई सुधार्ने प्रयास नगर्नु र स्वयं आफुप्रति उदार दृष्टिकोण अपनाउनु यो एघारौं किसिमको उदारतावाद हो ।

    हामी उदारतावादका अरु पनि बिभिन्न रुपमाथि छलफल गर्न सक्छौ तर यी एघार मूख्य हुन् । क्रान्तिकारी संगठनका निम्ति उदारताबाद ज्यादै हानिकारक हुन्छ । उदारताबाद एउटा यस्तो घुन हो जसले एकतालाई खाइदिन्छ, भाइचारालाई कमजोर तुल्याइदिन्छ, काममा बिफलता ल्याउने र मतभेद पैदा गरिदिन्छ । यसले क्रान्तिकारी पंक्तिलाई ठोस संगठन अथवा कठोर अनुशासनबाट बञ्चित गरिदिन्छ र नीतिहरुलाई पूर्णतया लागुहुनबाट रोक लगाउँदछ र पार्टीको नेतृत्वमा हिड्ने जनतालाई पार्टी संगठनहरुबाट अलग पारिदिन्छ । यो एउटा निम्नस्तरको खराब प्रबृत्ति हो ।

    निम्न पूँजीवादी बर्गको स्वार्थीपनाबाट उदारता जन्मिन्छ । यसले ब्यक्तिगत हितलाई सर्बोपरी राख्दछ, क्रान्तिको हितलाई दोश्रो स्थान दिन्छ । यस स्थितिले बिचारधारात्मक, राजनैतिक र संगठनात्मक उदारबादलाई जन्म दिन्छ छ । उदारबादी ब्यक्तिहरु माक्र्सबादी सिद्धान्तलाई केवल खोक्रो जडसुत्रकोरुपमा हेर्दछन् । उनीहरु मार्क्सवादलाई स्वीकार त गर्दछन् तर त्यसलाई पूर्णरुपबाट ब्यबहारमा लागु गर्न तयार हुँदैनन् । यस्ता मानिसहरुको साथमा मार्क्सवाद त हुन्छ तर साथसाथै उनीहरुसँग उदारबाद पनि हुन्छ । उनीहरु कुरा त माक्र्सबादको गर्दछन् तर ब्यवहार उदारताबादको गर्दछन् । उनीहरु अरुमाथि त माक्र्सबाद लागु गर्दछन् तर स्वयं आफुहरु भने उदारबादमा लटपटिन्छन् । उनीहरुका झोलामा दुइ किसिमका माल हुन्छन् जहाँ जस्तो मौका देख्यो त्यहाँ त्यस्तै प्रकारको माल भिडाइ दिने । केही मानिसहरुको दिमागले यस्तै किसिमको काम गर्दछ ।

    उदारबाद अवसरबादकै एउटा रुप हो र यससित मार्क्सवादको आधारभूत विरोध छ । उदारवादको स्वरुप नकारात्मक छ । बस्तुगतरुपमा यो शत्रुका लागि सहायक बन्न जान्छ । यसै कारणले शत्रुले हाम्रो बीच उदारबाद कायम रहिरहनुलाई स्वागत गर्दछन् । जब यसको स्वरुप यस किसिमको छ भने क्रान्तिकारी पंक्ति भित्र यसलाई कुनै स्थान दिइनु हुँदैन ।

    उदारतावाद जुन एउटा नकारात्मक भावना हो यसमाथि विजय प्राप्त गर्नका लागि हामीले माक्र्सबाद जुन एउटा सकारात्मक भावना हो,को प्रयोग गर्नु पर्दछ । एउटा कम्युनिष्टको हृदय बिशाल हुनु पर्दछ र उ निष्ठाबान र सक्रिय हुुनु पर्दछ, क्रान्तिको हितहरुलाई उसले आफ्नो प्राणभन्दा ज्यादा मूल्यबान सम्झनु पर्दछ र आफ्ना बैयक्तिक हितहरुलाई क्रान्तिका हितहरुको मातहतमा राख्नु पर्दछ । उसले प्रत्येक स्थान र समयमा सही सिद्धान्तमा अडिग रहनु पर्दछ र सबै गलत बिचारहरु र कार्यहरुका बिरुद्ध अथक संघर्ष चलाउनु पर्दछ, जसले गर्दा पार्टीको सामुहीक जीवन अझ बढी ठोस बनोस् तथा पार्टी र जन समुदाय बीचको सम्वन्ध अझ बलियो हुन जाओस् जसलाई ब्यक्ति बिशेषको भन्दा बढी पार्टी र जन समुदायको चिन्ता हुनु पर्दछ, आफ्नो भन्दा बढी अरुहरुको ध्यान पुर्याउनु पर्दछ । केवल त्यतिबेला मात्र यसलाई एउट कम्युनिष्ट मानिने छ ।

    सबै बफादार इमानदार र सक्रिय एबं सही कम्युनिष्टहरुले एकताबद्ध भएर हामी बीच केही ब्यक्तिमा आएका उदारबादी प्रबृत्तिलाई बिरोध गर्नु पर्दछ र उनीहरुलाई सही बाटोमा ल्याउनु पर्दछ । बिचारधारात्मक मोर्चामा हाम्रा कार्यहरु मध्येको एउटा कार्य हो ।”

    ( चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता  क.माओ त्सेतुङ्ग द्वारा बिचारधाराको क्षेत्रमा संघर्ष उठानको निमित्त लेखिएको यो लेख सान्दर्भिक देखिएकोले मुलखबरबाट साभार गरिएको-सं ।)

    प्रतिकृया दिनुहोस्

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...