सर्लाहीको हरिवन नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गनजिक शिर छेदन गरि फालिएको अबस्थामा एक युवकको शिर फेला परेको छ । बिहिबार बिहान करिब ७ बजेको समयमा लखनदेही नदीमा शरीरबाट अलग गरि फालिएको अबस्थामा युवकको शिर फेला परेको हो ।
उक्त भेटिएको टाउकोको शरीर खोजी भैरहेको प्रहरीको भनाइ छ । मुचुल्का तयार गरि प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन । अन्दाजी २५ वर्षको युवक जस्तो देखिने हल्का दाह्री आएको शिर शरीरबाट अलग गरि फालिएको अबस्थामा फेला परेको हरिवन नगरपालिका वडा नम्बर ४ का वडा सदस्य सुवास अधिकारीले जनाएका छन् ।हरिवन-४ लखन्देही नदीको पुलको दक्षिण पश्चिम खोलाको किनारमा शरीरबाट अलग गरिएको अवस्थामा उक्त शिर फेला परेको हो ।