News Portal

  • जनयुद्धमा तोड्न बाँकी मिटरब्याजको जालो सरकारमा पुगेर तोडेका छौंः मन्त्री शर्मा

    भक्तपुरपोष्ट संवाददाता
    ३१९ पटक

    प्युठान, १ भदौ २०८० ।
    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताएकी छन् ।

    नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकार सामान्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममै रहेको बताइन ।

    ‘हामीले हिजो सामन्तवादको समूल अन्त्यका लागि दश वर्षे जनयुद्ध गरेका थियौं’– उनले भनिन्– ‘जनयुद्धका कारण नेपालमा सारभूतरुपमा सामन्तवादको अन्त्य भयो तर अहिले पनि कतिपय क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहेका छन्, तीमध्ये मिटरब्याज पनि एउटा थियो, जो हामीले अहिले परास्त गरेका छौं । जनयुद्धको बेलामा समेत परास्त हुन नसकेको मिटरब्याजीको जालो तोड्नुलाई वर्तमान सरकारको ठूलो सफलता हो ।’

    मन्त्री शर्माले सुशासनको पक्षमा सरकार दृढताका साथ प्रस्तुत भइरहेको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध निर्मम बनेको बताइन । सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाएर अघि बढाएको उल्लेख गर्दै उनले सेवाप्रवाहलाई सहज बनाउँदै लगेको बताइन ।

    ‘यसले गर्दा जनताबाट ब्यापकरुपमा समर्थन प्राप्त भइरहेको छ, तपाइँ जनतासँगै जोडिएका कार्यकर्ताहरुले सरकारले गरेका कामलाई थप स्थापित गर्न आवश्यक छ’– उनले भनिन – ‘जनस्तरमा रहेका नेता कार्यकर्ताले सरकारका काम जनताबिच लैजाने र जनताका आवश्यकता सरकारसम्म प्रभावकारीरुपमा पुर्याउन सके सुशासन र समृद्धिको गति अझ तीब्ररुपमा अघि बढ्ने छ ।’ यही आवश्यकता बोध गरेर पार्टी तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्न थालेको जानकारी दिंर्दै उहाँले सबै नेता कार्यकर्तालाई अभियानमा कटिबद्ध हुन पनि आग्रह गरेकी छन् ।

    वर्तमान सरकारले धेरै क्षेत्रमा नयाँ तथ्य स्थापित गर्न खोजेको पनि उहाँले स्पष्ट पारिन् । ‘लामो समयदेखि नेपालमा उच्च तहमा बसेकाहरुले ऐन कानुन नमाने पनि हुन्छ भन्ने खालको गलत तथ्य स्थापित हुन खोजिरहेको थियो, राज्यसत्तामा बसेर जे पनि गर्न पाइन्छ भन्नेजस्तो गलत तथ्य स्थापित हुँदै गएको थियो’– मन्त्री शर्माले भनिन् – ‘तर वर्तमान सरकारले निष्ठाको राजनीतिक मूल्य स्थापित गर्न खोजेको छ, उच्च तहमा सबेकाले अझ बढी नियम कानुन माननुपर्छ भन्ने तथ्य पनि स्थापित गर्न खोजिएको छ । यसको राजनीतिमा अर्थपूर्ण सन्देश छ ।’

    भ्रष्टाचार र अनियमितताको अन्त्य नभएसम्म निष्ठाको राजनीति गर्नेहरु निरीह र कमजोर बन्नुपर्ने र उल्टै यसलेकेही गर्न सकेन भन्ने वुझाई स्थापित हुने, तडकभडक र भड्किलोपनलाई शक्तिशाली देख्ने प्रवृत्ति स्थापित हुने उललेख गर्दै उहाँले जो जुन जिम्मेवारीमा छ्, उसले इमानपूर्वक जनताको सेवा गर्नुपर्छ भन्ने सन्देश पनि वर्तमान सरकारले स्थापित गर्न खोजेको बताउनुभयो । ‘सरकारले अनियमितता र भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै इमान्दारिता र निष्ठाको राजनीति गर्नेहरुप्रति सम्मान र सत्कारको मान्यता स्थापित हुन थालेको छ। भ्रष्टाचार गरेपपछि एक न एक दिन कारबाहीको भागिदार बन्नैपर्ने रहेछ भन्ने तथ्य स्थापित हुन थालेको छ’– उनले भनिन् – ‘यसले तत्कालका लागि मात्र होइन, दीर्घकालीनरुपमा पनि नेपालमा सुशासन कायम गर्न महत्वपूर्ण आधार तयार गर्नेछ ।’

    कार्यक्रममा सहभागी प्युठानका नेता कार्यकर्ताले सरकारलाई भ्रष्टाचार विरुद्धको अभियानमा आफ्ना अरुका नभनेर अझै बढी निर्मम वन्न सुझाव दिए । सरकारका कामलाई गाउँ गाउँमा प्रशंसा गरिएको भन्दै उनीहरुले अहिले जारी ठूला भ्रष्टाचारका फाइल टुंगोमा पुर्याउँदा सुशासनको पक्षमा देश नयाँ ठाउँमा पुग्ने विश्वास पनि व्यक्त गरे ।

    कार्यकर्ताका जिज्ञासामा जवाफ दिदै मन्त्री शर्माले प्रधानमन्त्रीले आफ्नो पार्टी र परिवारभित्रकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने अठोट लिएको सुनाउँदै यी सबै छानबिनले पूर्णता पाउने प्रष्ट पारिन् । ‘हाम्रै नेता कार्यकर्ता विकृति र विसंगतिको मामलामा मुछिएको भए प्रधानमन्त्रीले छानबिन गर्ने स्पस्ट पारिसक्नुभएको छ’– उनले भनिन् – ‘सञ्चारमाध्यममा नाम आएका पार्टीकै नेताहरुले पनि अनुसन्धानलाई सहयोग गर्ने र दोषी भए सजाय भोग्न तयार रहेको स्पस्ट पारिसकेकाले कानुनवमोजिम प्रकृया अगाडि बढ्नेमा ढुक्क हुन आग्रह गर्दछु ।’

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...