News Portal

  • भ्रष्टाचार, ठगी र अपराध नियन्त्रण सरकारको मुख्य प्राथमिकता: उपप्रधानमन्त्री श्रेष्ठ

    ३९४ पटक

    बिरगंज, ११ भदौ २०८० । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूलाई कारबाही गर्न कुनै ताकत र तगारोले नछेक्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उदघाटन तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आइतबार बिरगंज आएका उपप्रधानमन्त्री पत्रकार संग कुराकानी गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न भ्रष्टाचारी र दलालहरूविरुद्ध सरकार निर्मम भएर लागेको बताएका हुन् ।

    प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले राजनीतिक परिवर्तनलाई जनताले आफ्नो आर्थिक-सामाजिक समृद्धिका रूपमा अनुभूति गर्न सक्नुपर्ने र वर्तमान सरकारले त्यही ध्येयबाट काम गरिरहेको प्रष्ट पारे । समृद्धिको सर्त सुशासन भएकोले सरकारले भ्रष्टाचार, अपराध, ठगी जस्ता गतिविधि नियन्त्रणलाई मुल प्राथमिकता बनाएको समेत उनको  भनाइ छ ।

    सुराकी नाममा मन्त्री-सचिवले लिइरहेको खर्च कटौती गरिएको, अनुचित लेनदेन नियन्त्रण गर्न आयोग तथा कानुन निर्माण गरिएको र प्रहरी संगठनभित्र अवाञ्छित चलखेल भयो भन्ने गुनासोलाई सम्बोधन गर्न सरुवा, बढुवा तथा पदस्थापनामा मापदण्ड निर्धारण गरिएको गृहमन्त्री श्रेष्ठले जानकारी गराए । साथै, आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने जस्तो संगठित अपराधलाई कानुनी कारबाहीको दायरामा ल्याइसकिएको उल्लेख गर्दै जुनसुकै अपराध घटनाको अनुसन्धानलाई जरैसम्म पुरेर अपराधीहरूलाई कठघरमा ल्याउने उनले जिकिर गरे ।

    प्रहरी निकाय(सीआइबी)ले सुन तस्करी प्रकरणको छानबिन र अनुसन्धान गरिरहेको र अनुसन्धानले उचित निष्कर्ष दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । त्यस्तै सहकारी संस्थाहरुमा देखिएका समस्याबारे समेत गहिरो अनुसन्धान भैरहेको उनको भनाइ छ । पीडित पक्षसँग भएको सम्झौताअनुसार गौर हत्याकाण्डको अनुसन्धानलाई जारी नै राखिएको जानकारी गृहमन्त्री श्रेष्ठले दिएका छन् ।

    गृहमन्त्री श्रेष्ठले सोम जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उदघाटन समेत गरेका छन् । त्यसपछि बिरगंजस्थित टाउन हलमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका उनका प्रेस संयोजक कमल गिरीले जनाएका छन्  ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...