News Portal

  • रहेनन् काठमाडौ महानगरका वडाध्यक्ष रिजाल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ भदौ २०८०
    ४९२ पटक
    भक्तपुर, २१ भदौ २०८०

    काठमाडौं महानगरपालिका वडा न १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणपछि उपचारमा रहेका रिजालको निधन भएको हो ।

    नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले सामाजिक सञ्जाल मार्फत रिजालको मृत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनको पुष्टि गरेकी छन् । वडा न १६ का वडा सचिव प्रकाश खड्काले ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको बताए । काठमाडौं कांग्रेस क्षेत्र नं ७ का सभापति समेत रहेका  रिजाल गत स्थानीय तह निर्वाचनमा ४ हजार ५ मतका साथ नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

    फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै महानगर प्रमुख बालेन्द्र साहसँग उनको चर्काचर्की पनि परेको थियो । पछि प्रमुख साह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।

    यसैवीच, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नगर कार्यपालिका अन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका वडाध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने जानकारी दिएका कान्तिपुर हटलाइनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...