News Portal

  • एसईई परीक्षा विद्यालयले नै सञ्चालन गर्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ भदौ २०८०
    ५१२ पटक
    भक्तपुर, २७ भदौ २०८०

    कक्षा १० को अन्तिममा लिइने एसईई परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कक्षा १० को अन्तिम परीक्षा विद्यालयले नै लिने प्रस्ताव गरिएको हो ।

    विधेयकमा आधारभूत तह कक्षा ८ को परीक्षा स्थानीय सरकारले लिने र विद्यालय तहको अन्तिम परीक्षा अर्थात् कक्षा १२ को परीक्षा मात्रै संघीय सरकार अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डले लिने प्रस्ताव गरिएको छ । विधेयकको परिच्छेद ४ मा उल्लेख परीक्षा सञ्चालन तथा व्यवस्थापन अन्तरगत माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा परीक्षा बोर्डबाट र आधारभूत तह उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ ।

    विधेयकको परिच्छेद ४ को दफा २७ मा परीक्षा सञ्चालन तथा व्यवस्थापनको उपदफा १ मा ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा परीक्षा बोर्डबाट र आधारभूत तह उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुनेछ ।’भन्ने उल्लेख छ ।

    यो व्यवस्थाको प्रस्ताव गरिएसँगै अब विधेयक जस्ताकोतस्तै पारित भएमा कक्षा १० मा एसईई रहने छैन ।२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गर्दै विद्यालय तहको अन्तिम कक्षा १२ हुने व्यवस्था गरे पनि एसएलसीको जस्तै पुरानै शैलीमा कक्षा १० को अन्तिम परीक्षा एसईईको नामबाट सञ्चालन हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...