News Portal

  • आइतवार पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर आउने, सर्वसाधारण र सञ्चारकर्मीसंग अन्तरसंवाद गर्ने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ५ असोज २०८०
    २७३ पटक
    भक्तपुर, ५ असोज २०८०

    पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार भक्तपुर आउने भएका छन् । दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन गर्न उनी भक्तपुर आउने भएका हुन् ।

    पूर्वराजाको स्वागत सत्कारका लागि राजसंस्थावादी समेत रहेका समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति समेत गठन गरिसकिएको छ । पूर्वराजा यही असोज ७ गते भक्तपुर आउने भन्ने कुरा उनै धौभडेलले शुक्रवार रफत संचार क्लबमा संचारकर्मीलाई जानकारी गराए ।

    उनले पूर्वराजाको ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुरको भ्रमण वर्तमान परिस्थितिमा राजसंस्थाको महत्व र आवश्यकतालाई उजागर गर्ने समेत उल्लेख गरे ।

    स्वागत समितिका सदस्यसचिव रामेश्वर थापाले जनाए अनुसार पूर्वराजाको भक्तपुर भ्रमणमा स्थानीय कला, संस्कृति झल्कने परम्परागत शैलीमा स्वागत, सत्कार गरिने भएको छ । साथै सोही दिन भक्तपुरको सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा पूर्वराजासँग देशको समसामयिक विषयमा सर्वसाधारण लगायत सञ्चारकर्मीहरूले अन्तरसंवाद गर्न सक्ने समेत जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...