News Portal

  • राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १२ असोज २०८०
    ५०७ पटक
    भक्तपुर, १२ असोज २०८०

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक बीच सहमति भएको हो । ‘शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ ।

    शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति भएको हो ।शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको बताइएको छ । शिक्षामन्त्री राईले आन्दोलनरत राहत शिक्षकहरूसँग शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको जानकारी दिए ।

    वार्तामा सरकारका शिक्षामन्त्री अशोक राई संग शिक्षाराज्यमन्त्री र कर्मचारीहरु सहभागी थिए भने आन्दोलनरत शिक्षकका तर्फबाट नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए ।

    नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले ५ बुँदामा सहमति गरिएको बताए। ‘शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ,’ उनले भने, ‘अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ।’ राहत शिक्षकहरूले गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलन फिर्ता लिइएको उनले बताए ।

    शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आन्दोलन भएको थियो। महासंघसँग सरकारले ६ बुँदे सहमति गरेको थियो। सो सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरू आन्दोलनरत रहेका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...