News Portal

  • नेपाल प्रहरीको निमित्त महानिरीक्षकमा भक्तपुरका थापा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३असोज २०८०
    २१०८ पटक
    भक्तपुर, २३असोज २०८०

    नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापाको काँधमा प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको प्रमुख जिम्मेवारी आइपरेको छ । थापाले करिब एक साताका लागि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् ।

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सुरक्षा र न्याय सम्बन्धी एक अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेपछि टेक प्रसाद राईले निमित्त पाएका थिए । उनै राई पनि मंगलबार प्रहरी प्रमुखहरुको भेलामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेपछि थापाले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राप्त गरेका प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

    भक्तपुरका थापा नेपाल प्रहरीको तेस्रो बरियतामा रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...