News Portal

  • कीर्तिपुर नगरपालिकासंग समाजवादी मोर्चाको १९ बुँदे माग

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० कार्तिक २०८०
    ४६३ पटक
    भक्तपुर, २० कार्तिक २०८०

    समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले विकासमुखी, जनमुखी, र प्रभावकारीे कार्यसम्पादनको माग गर्दै १९ बुँदै ज्ञापनपत्र बुझाएको हो ।

    कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच मोर्चाको अनुगमन समितिका संयोजक प्राडा शिवशरण महर्जनले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

    ज्ञापनपत्र बुझ्दै कीर्तिपुर नगरप्रमुख नकर्मीले नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने समस्या चाँडै सम्बोधन गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।कीर्तिपुरमा स्नातकसम्म निशुल्क शिक्षाको लागि नगरपालिकाले राम्रो काम गरेको स्मरण गर्दै उनले आफ्नो घोषणापत्र अनुसार प्रायः सबै काम भए पनि प्राविधिक शिक्षालय स्थापना गर्न नसकिएको गुनासो गरे ।

    सङ्घीय सरकारको विकास निर्माणका कामले गर्दा सडकमा केही प्रदूषण भए पनि चाँडै सोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गरेर समाधान गर्ने उनले दावी गरे । नगरको विकास, व्यवस्थित र समृद्धिको लक्ष्यको लागि अडिग रहेको जिकिर गर्दै उनले बजेट विनियोजन नहुँदा विकासका गतिविधिहरु प्रभावित भएका बताएका छन् ।

    सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुद्वारा पनि हस्ताक्षरित ज्ञापनपत्रमा नेपालको जेठो मध्येकै नगरपालिकाको २७ वर्षको इतिहासमा पनि न्यूनतम सहरी पूर्वाधारको विकास नभएको उल्लेख गरिएको छ ।

    कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्बन्धी ऐन कार्यान्वयन गर्न, राता मच्छिन्द्रनाथको प्रतिमुर्ति बुंगमतिबाट फिर्ता गरी कीर्तिपुरमा स्थापना गर्न, बेनिस्सा, स्वबासी तथा सुकुम्बासी जग्गाको समस्या समाधानको लागि तत्काल कार्वाही अगाडि बढाउन, विष्णुदेवी अस्पताललाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्न, त्रिभुवन विश्वविद्यालय, फेक्ट नेपाल (कीर्तिपुर अस्पताल)लगायतसँग भएका सम्झौता कार्यान्वयन गराउन पहल गर्न, अर्बौं धनराशीसहित फरार रहेका सहकारी सञ्चालकलाई कार्वाही र बचत फिर्ताको लागि पहल गर्नको लागि ज्ञापनपत्रमा माग गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...