News Portal

  • टिकटक बन्द गर्ने सरकारको निर्णय

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ कात्तिक २०८०
    ६४२ पटक
    भक्तपुर, २७ कात्तिक २०८०

    सरकारले सामाजिक संजाल टिकटकलाई बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बठकले सो निर्णय गरेको हो ।                                                                                             सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको पुष्ठि गरेकी छन् । टिकटकबाट  पारिवारिक संरचना, सामाजिक सद्भाव र वातावरणलाई खल्बल्याउने गतिविधि बढेको ठहर गर्दै सरकारले सो निर्णय लिएको प्रवक्ता शर्माले प्रष्ट पारिन् ।                                                                      सरकारले तुरुन्तै निर्णय कार्यान्वयन गराउने र त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन समेत दिइसकेको बताइएको छ । नेपाल दुरसञ्चार प्राधिकरण र ईन्टरनेट सर्बिस प्रोभाइडर(आइएसपी) संग समन्वय गरि सरकारको निर्णय कार्यान्वयनमा अघि बढ्ने सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...