News Portal

  • बिशेष बढुवा समेत पाएका घिसिङ्ग ब्युरोको उत्कृष्ट कर्मचारी घोषित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ मंसिर २०८०
    १५१६ पटक
    nabaraj ghisingभक्तपुर, ७ मंसिर २०८०

    नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी बरिष्ठ हवल्दार नवराज घिसिङ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्तिक महिनाको लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले सबैभन्दा राम्रो काम गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मानित गरेको हो ।

    प्रहरी बरिष्ठ हवल्दार घिसिङले कात्तिक महिनामा नै १० जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएकाले ब्युरोले उनलाई उक्त महिनाको सर्वोत्कृष्ट प्रहरीको सम्मान दिएको बताइएको छ । ब्युरोका प्रमुख रहेका बरिष्ठ प्रहरी उपरीक्षक गोविन्द थपलियाले यस्तो सम्मानले सम्मानित हुनेलाई मात्र नभई अन्य प्रहरी समेत प्रोत्साहित हुने बिश्वास व्यक्त गरेका छन् ।

    ब्यूरोले स्थापना काल देखि नै लागूऔषध अपराध नियन्त्रण अनुसन्धान ,रोकथाम र कानुनी कार्बाही गर्ने कार्यमा आफ्नो भुमिका निर्बाह गर्दै आईरहेको छ । ब्यूरोमा कार्यरत घिसिङ्ग कामको सिलसिलामा आफ्नो जिम्मेवारीमा ईमान्दार रही स्मार्ट शैलीले अपराध अनुसन्धान गर्ने क्षमता भएका प्रहरीको रुपमा परिचित छन् । बिगत लामो समय देखि लागूऔषध अपराध अनुसन्धानको क्षेत्रमा सफल अनुसन्धानकर्ताको रुपमा समेत रहेका घिसिङले बिभिन्न समयमा लागूऔषध कारोबारीले पेट भित्र खाएर ल्याउने हेरोईनको क्याप्सुल, सुटकेस भित्र फल्स बटम प्रयोग गरि भित्राईने कोकिन, सेतो हेरोईन,यावा, एलेस्डी जस्तो महङ्गो र खतरनाक लागूऔषध समेत पक्राउ गर्न सफलता प्राप्त गरेका छन् ।

    त्यतिमात्र होइन, नेपालबाट थाईल्याण्ड र हङकङमा लागूऔषध पठाउने गिरोहहरू समेतलाई सफल अनुसन्धान गरि कानुनी दायरामा ल्याउन मूख्य भुमिका निर्बाह गर्ने घिसिङ्गलाई २०७९ सालमा प्रहरी प्रधान कार्यालयले ५१ किलो लागूऔषध हेरोईन सहित बिदेशी नागरिकहरू पक्राउ गर्नु सफल अनुसन्धान गरेको भन्दै एक तह बिशेष बढुवा समेत गरिदिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...