News Portal

  • भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    भक्तपुर पोष्ट संवाददाता भरतपुर, २० मंसिर २०८०
    ७८६ पटक
    renu dahalभरतपुर, २० मंसिर २०८०

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम शुरु भएको छ । महानगरमा ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत सो सेवा शुरु भएको हो ।

    बुधबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सो सेवा शुभारम्भ भएको घोषणा गरेकी हुन् । उनले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेकी छन् ।

    वडा नं २४ मा आयोजित ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासीलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम शुरु गरिएको जानकारी गराइन । कार्यक्रम अन्तर्गत घर घरमै स्वास्थ्यकर्मी पुगेर सुगर प्रेसर जस्ता नसर्ने रोगको समयमै पहिचान गरी स्वास्थ्यमा गम्भीर समस्या आउँन बाट रोक्ने कार्यक्रमको मूख्य उदेश्य रहेको उनले बताइन ।

    समस्या देखिएका बिरामीहरुको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकी त्यहाँ पनि हुन नसक्ने भए थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको उनको भनाइ छ ।यस क्रममा देखिएका बिरामीलाई शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने उनले जानकारी दिएकी छन् । उनका अनुसार यस कार्यक्रममा १ सय स्वास्थ्यकर्मी परिचालन हुनेछन् । अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य बिरामीका औषधिसमेत लिएर जानेछन् ।

    यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने महानगरपालिकाले जनाएको छ । महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिक यसबाट प्रत्यक्ष लाभान्वित हुने महानगरले दावी गरेको छ ।

    स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको छ ।

    महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र रहेका छन् । मेयर दाहालले जनाए अनुसार पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागु हुन्छ । पहिलो चरणको कार्यक्रम २५ दिनसम्म सञ्चालन हुन्छ । बाँकी १५ वडामा अर्को चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

    वडा नं २४ का वडाध्यक्ष रामबहादुर गोदारले आफ्नो वडा बाट कार्यक्रम शुरु गरेकामा आभार प्रकट गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउन जनप्रतिनिधिले आवश्यक समन्वय गर्ने बताए । समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम स्थानीयको स्वास्थ्य सेवामा महत्वपूर्ण साबित हुने वडाध्यक्ष गोदारले बिश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...