News Portal

  • सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १ पुस २०८०
    २६६ पटक
    भक्तपुर, १ पुस २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने बताएका छन् । सरकार नयाँ कार्यशैलिका साथ अभियानमा जाने र त्यो अभियानले जनतामा नयाँ आशा संचार गर्ने प्रधानमन्त्री प्रचण्डको दावी छ । सरकार गठनको एक बर्ष समृद्धिको आधार तयार हुँदै गएको बताउनुभएका प्रधानमान्त्री प्रचण्डले बिपक्षको आक्रमणकैबिचबाट सरकारले ईतिहास निर्माण गर्ने उद्घोष गरेका हुन् । सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गर्न थालेपछि एकथरि मानिसहरु आतंकित् बनेको भन्दै प्रचण्डले एनसेलमा अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने फटाहाको मुखमा बुझो लागेको टिप्पणी समेत गरेका छन् ।

    सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार अब गियरका चेञ्ज गरेर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भएको १ वर्ष पुगेको उल्लेख गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले अब सरकार नयाँ कार्यशैलिका साथ अभियानमा जाने र त्यो अभियानले जनतामा नयाँ आशा संचार गर्ने उल्लेख गरे ।

    सरकारको कार्यशैली परिबर्तन गर्दा कतिपयलकाई गाह्रो हुनसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले जति गाह्रो-साह्रो भए पनि जनताको पक्षमा आक्रमण गरेर जे-जेपर्छ बेहोरेर सरकार आघि बढने दृढता व्यक्त गरे । अबको एक वर्षमा इतिहास निर्माण गरेरै छाडने बताउनुहुदै प्रधानमन्त्री प्रचण्डले त्यसको लागि सबैको दर्हो साथ र समर्थन आवश्यकता रहेको प्रष्ट पारे ।

    सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गर्न थालेपछि एकथरि मानिसहरु आतंकित् बनेको प्रचण्डको भनाई छ । आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट आतङ्कित भएका केही मानिसले एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने फटाहाको मुखमा अहिले बुझो लागेको टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आफु दुबई भ्रमणमा हुँदा एनसेलको सेयर बिक्री भएको खबर थाहा पाएको उल्लेख गर्नुहुदै नेपाल आएपछि एनसेल शेयर खरिद-बिक्रिबारे गठबन्धन दल र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको स्पस्ट पारे । एनसेलसम्बन्धी भएका गतिविधिको समग्र छानबिनका लागि समिति बनाएपछि ती फटाहाहरू जसले जानिबुझी सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...