News Portal

  • ललितपुरमा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न

    भक्तपुर पोष्ट संवाददाता ललितपुर, २ पुस २०८०
    ४२६ पटक
    nim prakash singh rathorललितपुर, २ पुस २०८०

    ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरको आयोजनामा संचालित कार्यशाला सोमबार सम्पन्न भएको हो ।

    बज्रवाराही माविमा भएको दुई दिने कार्यशालामा करिब २ दर्जन शिक्षकको सहभागिता रहेको बताइएको छ । कार्यशालामा अंग्रेजी र गणित विषयका शिक्षकहरु सहभागी भएका थिए । अंग्रेजी र गणित विषयका विज्ञहरुले विषयबस्तुमाथि प्रकाश पार्दै नयाँ पाठ्यक्रमले लिएको लक्ष हासिल गर्न शिक्षकको काम र कर्तब्य बोध गराएका थिए ।

    कार्यशाला समापन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरका प्रमुख निमप्रकाश सिंह राठोरले शिक्षण सिकाइलाई उपलब्धीमुलक बनाउन कार्यशाला सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । कक्षा कोठामा पढाएर मात्र शिक्षकको कर्तब्य पूरा नहुने प्रष्ट पार्दै इकाई प्रमुख राठोरले पाठ्यक्रमको उदेश्य पूरा गर्नुपर्नेमा जोड दिए । प्रश्नपत्र निर्माण प्रक्रिया बैज्ञानिक हुनुपर्ने र शिक्षकले हजुवाको भरमा नभई विद्यार्थीको वास्तविक ज्ञानको तह मापन गर्नसक्ने गरी प्रश्न पत्र निर्माण र आन्तरिक मूल्यांकनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    बालबालिकालाई जस्तो सुकै बाटोमा दौडाउँन सकिने जिकिर गर्दै उनले विद्यार्थी असफल हुँदा शिक्षक र शिक्षा प्रणालीको दोष हुने दावी गरे । शिक्षकलाई विद्यार्थी केन्द्रीत हुन प्रोत्साहित गर्दै इकाई प्रमुख राठोरले त्यसका लागि शिक्षकलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे । उनले शिक्षकको क्षमता अभिवृद्धि गर्न सीमित साधन श्रोतका बाबजुद ललितपुर इकाईले भरमग्दुर प्रयास गरिरहेको जिकिर समेत गरेका छन् ।

    उक्त अवसरमा अंग्रेजी शिक्षक सानुमाया गुरुङ र गणित शिक्षक प्रेम बहादुर नेपालीले आफूहरुको कक्षामा भएका बिबिध गतिबिधि र त्यसले आफूहरूमा पारेको प्रभाव बारे बताउदै कार्यशाला चाखलाग्दो र उपलब्धीपूर्ण रहेको प्रतिक्रिया दिए ।

    गणित शिक्षक सिर्जना महर्जनले प्रश्नपत्र निर्माण गर्दा ज्ञानका ४ तह समेट्नुपर्ने भन्ने कुरा यस अघि आफूहरुलाई थाहा नरहेको भन्दै इकाईप्रति आभार प्रकट गरिन । अंग्रेजी शिक्षक अर्जुन सिग्देलले तालिमपछि आफ्नो विषयमा सतप्रतिसत नतिजा ल्याउन सक्नेगरी उत्साह मिलेको बताएका छन् ।

    कार्यक्रममा गणित प्रशिक्षक भरतमणी तिमल्सिना र अंग्रेजी प्रशिक्षक भरतबाबु खनालले कार्यशालामा प्राप्त ज्ञान व्यवहारमा उतार्न उत्प्रेरित गरेका थिए ।

    सहभागी शिक्षकहरुले धेरै कुरा आफूहरुलाई कार्यशालामा सिक्ने अवसर प्राप्त भएको भन्दै अन्य शिक्षकलाई समेत यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने आवश्यकता औल्याएका थिए । नगरपालिका शिक्षा शाखाकी अधिकृत सुनिता महर्जनले कार्यशालाको प्रभावकारिता देखिएकोले नगरपालिकाले इकाईसंग समन्वय गरी अन्य शिक्षकहरुलाई पनि यस्तो अवसर उपलब्ध गराउने प्रतिवद्धता प्रकट गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...