News Portal

  • युट्युबरलाई आचारसंहिता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २६ पुस २०८०
    ३६९ पटक
    भक्तपुर, २६ पुस २०८०

    प्रेस काउन्सिल नेपालले युट्युब लाई व्यवस्थित गर्न आचारसंहिता अभिमुखीकरण शुरु गरेको छ । बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आचारसंहिता पालना गर्दै पत्रकारिता गर्ने हो भने सञ्चारका अरु माध्यम जस्तै यसको पनि विश्वसनीयता बढ्ने बढाउदै आफूहरुले त्यस्तालाई साथ सहयोग र प्रोत्साहित गर्ने प्रष्ट पारेका छन् । कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले ‘युट्युब र आचारसंहिता’ विषयक कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्दा युट्युब मार्फत पत्रकारिताको अपेक्षित बिकास हुन नसकेको बताए । हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोग्नु परिरहेको उनको भनाइ छ ।

    सहभागी युट्युब संचालकहरुले भने आफूहरुलाई आक्षेप र अपहेलना गरी समाचारको प्रभाव कम गर्नखोज्ने कार्य भैरहेको गुनासो गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...