News Portal

  • स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ माघ २०८०
    ३७६ पटक
    भक्तपुर, ७ माघ २०८०

    बाग्लुङ्गको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय) लाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ । आइतबार कार्यालय समयमा केसीलाई कालोमोसो दलिएको हो ।

    म्याद गुज्रेको औषधि खुवाएर बडिगाड बासीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको उक्त पार्टीका जिल्ला इन्चार्ज अजनवीले बताएका छन् ।

    बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही स्वरुप कालोमोसो दलिएको प्रेषित प्रेस बिज्ञप्तिमा भनिएको छ ।

    बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत वितरण भएको १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरनचक्की म्याद गुज्रेको अवस्थामा बिक्रीवितरण गरिएको स्थानीय अनलाइन समाचार्माध्यमहरुले प्रकाशित गरेको थियो । त्यसपछि गाउँपालिकाले भने पत्रकार सम्मेलन नै गरेर त्यसो नभएको स्पष्टिकरण दिएको थियो ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख माथि कालोमोसो दलिएपछि कर्मचारीहरु आतंकित बनेका छन् । यदि शंका लागे कारवाहीको कानुनी बाटो हुँदा हुँदै कानुन हातमा लिएर राजनीतिक दलले निकृष्ट हर्कत गरेको उनीहरुको जिकिर छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...