News Portal

  • ३ उपप्रधानसहित नवनियुक्त मन्त्रीको शपथ ग्रहण, हेर्नुस् नयाँ मन्त्रीमण्डल

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ फागुन २०८०
    ३२९ पटक
    भक्तपुर, २३ फागुन २०८०

    राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १ उपप्रधान सहित ८ मन्त्रीले सपथ ग्रहण गरेका छन् भने माओवादी केन्द्रबाट १ उपप्रधान सहित ५ मन्त्रीले सपथ लिएका छन् । त्यसगरी रास्ट्रिय स्वतन्त्र पार्टीबाट १ उपप्रधान सहित ४ मन्त्रीले सपथ लिए भने एकीकृत समाजवादीबाट २ मन्त्रीले सपथ लिएका छन् ।

    ३ मन्त्रीले यस अघि बिना विभागीय मन्त्रीको सपथ लिएकामा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । प्रचण्ड नेतृत्वको मन्त्रीमण्डल २० सदस्यीय बनेको छ । नवनियुक्त मन्त्रीहरुले मन्त्रालय पुगी पदबहाली पनि गरिसकेका छन् ।

    हेर्नुस नवनियुक्त मन्त्रीहरु
    एमालेबाट

    १) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
    २) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
    ३) हरि उप्रेती, रक्षा
    ४) भगवति चौधरी, महिला बालबालिका
    ५) राजेन्द्र राई, खानेपानी
    ६) दामोदर भण्डारी, उद्यो
    ७) ज्वालाकुमारी साह, कृषि
    ८) बलराम अधिकारी, भूमि व्यवस्था

    माओवादी केन्द्रबाट
    १) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
    २) वर्षमान पुन, अर्थ
    ३) शक्ति बस्नेत, उर्जा
    ४) रेखा शर्मा, सञ्चार
    ५) हितबहादुर तामाङ, पर्यटन

    रास्वपा बाट

    १) रवि लामिछाने, उपप्रधान तथा गृह
    २) डीपी अर्याल, श्रम
    ३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
    ४) सुमना श्रेष्ठ, शिक्षा

    एकीकृत समाजवादीबाट 
    १) भानुभक्त जाेशी, संघीय मामिला तथा सामान्य प्रशासन
    २) धनबहादुर बुढा, सहरि विकास

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...