News Portal

  • अन्तराष्ट्रिय स्तरको प्रोफेशनल परीक्षा नेपालमै पहिलोपटक मेडिसिटीमा

    अनिता श्रेष्ठललितपुर, २४ फागुन २०८०
    ३७६ पटक
    ललितपुर, २४ फागुन २०८०

    अनिता श्रेष्ठ । नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । डक्टरको ज्ञान, क्षमता, कला र अभ्यासको परीक्षण गन{ डिजाइन गरिएको यो परीक्षा अन्तराष्ट्रिय स्तरको प्रोफेशनल मान्यता प्राप्तिमा महत्वपूर्ण मानिन्छ ।

    परीक्षा फागुन २२, २३ र २४ गते तीन दिनसम्म चलेको थियो । Federation of the Royal College of Physicians, UK ले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिएको नेपाल मेडिसिटी अस्पतालले बताएको छ ।

    परीक्षामा ४० जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमा नेपाल, बंगलादेश, मलेसिया,भारत र टर्कीबाट चिकित्सकहरुको सहभागिता रहेको थियो । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँचजना र नेपालबाटै १२ जना परीक्षकहरुको उपस्थिति रहेको थियो ।

    Federation of the Royal College of Physicians, UK का प्रतिनिधिहरू डा. तन्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. फियोना क्लार्र्क, डा. सत्यन राजभण्डारीर डा. ग्राहम करी परीक्षा निरीक्षणका लागि आएका हुन् ।

    युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ । यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्ने पेसेस परीक्षा नेपालका लागि प्रमुख निरीक्षक रहेका नेपाल मेडिसिटी अस्पतालका सिनियर कन्सल्टेन्ट डा.नीरज जोशीले बताएका छन । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएकाथिएजसको माध्यमबाट परिक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मानगर्ने क्षमताको लागिमूल्याङ्कनगरिएको थियो ।

    MRCP UK PACES कित्सकहरूको लागिविश्वव्यापी रूपमामान्यता प्राप्त योग्यताहो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । यो परीक्षामा उत्तीर्ण भएकाचिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमतिपाएकाजुनै सुकै अस्पतालमा कामगर्न सक्दछन् ।
    यो परीक्षा हुनुभन्दा अगाडिँ Federation of the Royal College of Physicians, UK तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षाको पूर्व अभ्यास पनि सञ्चालन गरिएको थियो । परीक्षकहरुलाई तालिम दिई परीक्षा सञ्चालन गर्न सक्ने बनाएपछि मात्र यो परीक्षा नेपालमा गरिएको हो ।

    धेरै चिकित्सकहरूले यो परीक्षा लिन र योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्थाथियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा त्यस्ता सबै चिकित्सकहरूलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बनेको छ ।

    नेपाल मेडिसिटीमा MRCP UK PACES परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्तगर्ने नयाँ अवसरहरू खुल्नेछ । यसले लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...