News Portal

  • देश सम्बृद्ध बनाउन प्रधानमन्त्रीको प्रमुख भूमिका : पूर्व प्रधानमन्त्री नेपाल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ चैत २०८०
    २३७ पटक
    भक्तपुर, २२ चैत २०८०

    पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश सम्बृद्ध बनाउन प्रधानमन्त्रीको प्रमुख भूमिका हुने भएपनि त्यसका लागि सबैको साथ् सहयोग रहनुपर्ने आवश्यकता औल्याएका छन् । विद्वत वर्ग र कर्मचारीतन्त्रले प्रधानमन्त्रीलाई योजना र कार्यन्वयनमा साथ् दिनुपर्नेमा जोड दिंदै उनले उक्त आवश्यकता औल्याएका हुन् ।

    बिहीवार राजधानीमा आयोजित रौतहट टाईंम्स साप्ताहिकको २६औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले आफूहरुले पहिले पनि गठबन्धन गरेर सरकार बनाएको र अहिले पनि गठबन्धनको सरकारमा रहेको उल्लेख गर्दै त्यसको मक्सद स्थायित्व, बिकास र सम्वृद्धि भएको जिकिर गरे । उनले उत्पादनका क्षेत्रमा लगानी बढाउँन, कृषीलाई महत्व दिन र स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति तथा कार्यक्रम ल्याउन आफू र आफ्नो पार्टीले सरकारलाई सुझाव दिइरहेको बताए ।

    जनता र मिडियाले सरकारका राम्रा कुरालाई अप्रिसियट गर्न नसकेको समेत उनले गुनासो गरेका छन् । राम्रो कामको प्रचारले प्रधानमन्त्री र सरकारलाई प्रोत्साहन मिल्ने प्रष्ट पार्दै पूर्व प्रधानमन्त्री नेपालले सकारात्मक समाचारमा संचार जगत चुकिरहेको र त्यसले राम्रो काम गर्नेलाई प्रोत्साहन नमिलेको बिचार व्यक्त गरे ।

    आफ्नो गृह जिल्ला रौतहटको चर्चा गर्दै उनले रौतहट लगायत देशमा लागुपदार्थ दुर्व्यसनीको संख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रण गर्न नसकेको प्रति दुख व्यक्त गरे ।

    ”रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको छ । सरकार, प्रहरी र प्रशासनको के हेरेर बसिरहेको छ ?” उनले ध्यानाकर्षण गराए । उनले रौतहटको बन बिनास भैरहेको प्रति पनि चिन्ता व्यक्त गरे । रौतहट भन्ने बित्तिकै आफ्नो कान ठाडो हुने भन्दै उनले आफूलाई प्रतिनिधि चुनेर पठाउने जिल्लाको चौतर्फी बिकासका लागि लाग्नु आफ्नो पहिलो कर्तब्य भएको बताए ।

    कार्यक्रममा पूर्व मन्त्री तथा एकीकृत समाजवादीका नेता डा बंशिधर मिश्रले नेपालका नेताहरुले कृषी कसरी गर्ने भन्ने बंगलादेशसंग सिक्नुपर्ने बताए । बंगलादेशले अलिकति पनि जमिन बाँझो नराखी १८ करोड जनसंख्यालाई खुवाइरहेको तर नेपालीहरु आफ्नो खेत बाँझो राखेर वैदेशिक रोजगारीमा गैरहेको प्रति पूर्व मन्त्री मिश्रले गुनासो गरेका थिए।

    रौतहट टाईंम्स साप्ताहिक पत्रिकाका प्रकाशक सम्पादक गोविन्द चौलागाईको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा संसदको शिक्षा, सूचना तथा प्रविधी समितिको सभापति अमर बहादुर थापा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, गौर नगरपालिकाका मेयर शम्भु साह, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरे लगायतले सार्वजनिक सेवा प्रवाह र सुशासनका क्षेत्रमा राष्ट्रसेवक कर्मचारी र संचार जगतको भूमिका माथि प्रकाश पारेका थिए ।

    उक्त अवसरमा रौतहटमा बसेर सुशासनको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार त्रय संजय मिश्रा, रमेश तिमल्सिना  र कृष्ण तिवारी सम्मानित समेत भएका छन् । रौतहट टाईंम्सले वार्षिकोत्सवको अवसर पारेर रौतहटमा वृक्षारोपण लगायत सामाजिक अभियान संग जोडिने उद्घोष समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...