News Portal

  • पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ जेठ २०८१
    २४१ पटक
    भक्तपुर, ९ जेठ २०८१

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर समितिको आयोजना र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको हो ।

    पाँचखाल स्काउटका संयोजक नवराज बोलखेले आगामी विहिवार अर्थात जेठ १७ देखि १९ गते शनिवारसम्म स्काउट क्याम्प आयोजना गरिएको र सो ३ दिने क्याम्पमा बागमती प्रदेश भरीका स्काउटको सहभागिता रहने जानकारी गराएका छन् ।
    स्थानीय दुग्धेश्वर माविको प्राङ्गणमा केन्द्रीत रहेर गरिने क्याम्पमा बालबालिकाहरुलाई दैवीप्रकोपलगायत अन्य समयमा सुरक्षित राख्ने र उद्धार गर्ने लगायतका तालिम दिइने क्याम्प चिफ हर्षबहादुर दनुवारले जानकारी दिए ।

    बागमती प्रदेश स्काउट प्रमुख शिवकुमार त्वायनाले क्याम्पबाट स्काउट बालबालिकाहरुको सर्वाङ्गिण र चौतर्फी विकासका साथ व्यवहारिक ज्ञान दिने बताउँदै स्काउटमा प्रदेश भरीका स्काउटहरुलाई निमन्त्रणा गरिएको बताए ।

    काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका रोभर,रेन्जर तथा सिनियर स्काउटहरुको प्राविधिक सहायतामा उक्त कार्यक्रम संचालन गरिने बताइएको छ । ।

    क्याम्पले बालबालिकामा नेतृत्व, साहस,सीप ,अनुशासन ,समूहीक कार्य , स्वयमसेवा, बिपद ब्यवस्थापन जस्ता विविध पक्षको बिकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    क्याम्प अन्तर्गत साहसिक गतिबिधी, सुपरमेन जम्प, ओमेगा जम्प, कमान्डो ब्रिज मङ्की क्लाम्विङ जस्ता विविध साहाशिक गतिविधिहरु समाबेस गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...