News Portal

  • संविधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान प्रचण्डकाे प्रस्ताव

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २८ असार २०८१
    २९३ पटक
    भक्तपुर, २८ असार २०८१

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चगमनका लागि संविधान संशोधन स्वीकार्य नहुने बताएका छन् । अग्रगमनका लागि संविधान संशोधन गर्न सकिने उनको सुझाव छ ।

    संविधान संशोधन गर्ने भए खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान उनले प्रस्ताव गरे ।

    प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गर्दै उनले संविधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान आग्रह गरेका हुन् । उनले महिला, दलित, आदीवासी, अपसंख्यक र सीमान्तकृत जनताको प्रतिनिधित्व हुँदा संसद अपवित्र हुने भन्ठान्ने दलहरुलाई जनताले आफ्नो तागत देखाइदिने पनि दावी गरे ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको सबै भन्दा ठुलो दल माओवादी केन्द्र बिना संबिधान संशोधन कसरी गर्नुहुन्छ भन्दै प्रश्न पनि गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गरे । समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उनले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरे ।

    प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवाद र प्रतिरोधको पहल भएको स्पष्ट पारे । उनले भने, “साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता ? राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन ?”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...