News Portal

  • प्रधानमन्त्री प्रचण्डले पाएनन् संसदको विश्वास

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ असार २०८१
    २३६ पटक
    भक्तपुर, २८ असार २०८१

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको विश्वास गुमाएका छन् । प्रतिनिधि सभामा बहुमत सदस्यले उनलाई बिश्वासको मत दिएनन् ।

    शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि उनले संसदको विश्वास गुमाएका हुन् ।

    विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको सभामुखले जानकारी गराएका छन् । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका बताइएको छ ।

    आजको मतदान प्रक्रियामा २ सय ५८ सांसदले भाग लिएका थिए ।

    प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...