News Portal

  • प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३१ असार २०८१
    ३२६ पटक
    भक्तपुर, ३१ असार २०८१

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

    ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।

    योसँगै ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    प्रधानमन्त्री ओली पछि उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ र बिष्णुप्रसाद पौडेललाई पनि राष्ट्रपति पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । श्रेष्ठले शहरी बिकाश र पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका छन् ।

    त्यसैगरी आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

    शपथ लिने मन्त्रीहरुको सूची:

    १- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
    २- विष्णु पौडेल –  उपप्रधान तथा अर्थ
    ३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
    ४- रमेश लेखक – गृह
    ५- प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
    ६- आरजु राणा – परराष्ट्र
    ७- बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    ८- बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    ९- दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
    १०- नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    ११- देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
    १२- विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
    १३- अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
    १४- तेजुलाल चौधरी – युवा तथा खेलकुद
    १५- मानवीर राई – रक्षा
    १६- दीपक खड्का – ऊर्जा
    १७- राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
    १८- ऐनबहादुर शाही – वन तथा वातावरण
    १९- शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    २०- प्रदीप यादव – खानेपानी
    २१- रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...