News Portal

  • सौर्य एयरलाइन्स विमान दुर्घटना: १५ जनाको गयो ज्यान, ४ को जिवितै उद्धार

    न्यूजकारखानाभक्तपुर, ९ साउन २०८१
    ३४१ पटक
    भक्तपुर, ९ साउन २०८१

    सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    उद्धार गरिएका ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको र एक जनाको केएमसी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । केएमसीमा विमानका पाइलट मनिष रत्न शाक्यको उपचार भइरहेको छ ।

    अहिलेसम्म १५ जनाको शव निकालिएको र अहिले शव टिचिङ अस्पताल लैजादै गरिएको प्रहरीले जानकरी दिएको छ ।

    विमानलाई काठमाडौँबाट पोखरा मर्मतका लागि लैजाने क्रममा उडान भर्दै गर्दा त्रिभुवन बिमानस्थलको पूर्वतर्फ खाल्डोमा बिमान खसेको हो । विमानमा १९ जना एयरलाइन्सकै कर्मचारी भएको प्रहरीले जनाएको छ ।

    अपडेट : न्यूजकारखानाले उपलब्ध गराएको यो समाचारमा प्रहरीलाई उद्घृत गर्दै ४ जनाको जिवितै उद्धार गरिएको जनाइएपनि नेपाल प्रहरीले ३ जनाको उपचारको क्रम्मा निधन भएको जनाएको छ । १८ शवको पोष्टमार्टम भैरहेको तथा पाइलट मनिषरत्न शाक्य मात्र जीवित रहेको र उनको उपचार भैरहेको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...