News Portal

  • बेचन झा र एमाले उपाध्यक्षका पुत्र प्रतिकलाई पक्राउ गर्ने डिआइजीको दुई महिनामै सरुवा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ साउन २०८१
    ३३९ पटक
    भक्तपुर, १३ साउन २०८१

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही फरार रहेका भनिएका बेचन झालाई पक्राउ गर्ने विशेष ब्युरोका डिआइजी मनोज केसीको सरुवा गरिएको छ । नयाँ सरकार बनेसंगै गत बुधबार गृहमन्त्री रमेश लेखकको निर्णयबाट सो सरुवा गरिएको हो ।

    डिआइजी मनोज केसीलाई विशेष ब्युरोबाट समय नपुग्दै तानेर प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा ल्याइएको छ ।

    केसीको दुई महिना नबित्दै सरूवा गरिएको हो । केसी र अधिकारी दुबै गत जेठ ४ गते सँगै नै बढुवा सिफारिसमा परेर डिआइजी बनेका हुन   ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बिचौलिया बेचन झा र पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका पुत्र प्रतीक थापालाई पक्राउ गर्न केसीको भूमिका थियो । दुवै असार १४ गते शुक्रबार पक्राउ परेका थिए ।

    उनीहरु पक्राउ परेपछि त्यसको जालो समात्दै जाँदा उच्च तहमा पुग्ने भएपछि सरकार ढलेको तत्कालिन प्रधानमन्त्री प्रचण्ड एवं गृहमन्त्री रवि लामिछानेले संसदलाई जानकारी गराएका थिए । पछिल्लो घटनाले त्यसको पुस्ट्याईलाई बल पुगेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...