News Portal

  • सेन्ट्रल कलेजमा दशैँ उत्सव, मण्डला प्रतियोगितामा बिबिए सातौँ सेमेस्टर प्रथम 

    भक्तपुर पोष्ट संवाददाता काठमाडौं, १४ असोज २०८१
    ५६६ पटक
    काठमाडौं, १४ असोज २०८१

    काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो ।

    सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता रहेको थियो । प्रतियोगितामा कलेजका विभिन्न संकायका विद्यार्थीहरु समुह बनाई सामेल भएका थिए । एक दर्जन समुहको प्रतिस्पर्धामा बिबिए सातौँ सेमेस्टर समुहको मण्डला सर्वोत्कृष्ट घोषित भएको थियो ।

    प्रथम हुने सो समुहमा अमृता शाह, अनु मण्डल, बिनिता घिमिरे, बिरुजा गौतम लक्ष्मी गौतम र सिर्जना पाण्डे सहभागी रहेका सेन्ट्रल कलेजका सहप्राचार्य गणेश बुढाथोकीले बताए । त्यसैगरी बिएचसिएमको छैठौं सेमेस्टरका विद्यार्थी सम्मिलित समुहले बनाएको मण्डला दोश्रो भएको छ । सो समुहमा आकृति श्रीवास्तव, रुविना राजबंसी,रीतिका थापा, कविना लिम्बु, विनिता दाहाल र अप्सरा न्यौपाने सहभागी रहेका थिए ।

    निर्णायक रहेका मेरिना प्रधान र प्रतिमा चौधरीले गरेको मूल्यांकनका आधारमा पहिलो र दोश्रो समुह छनौट गरिएको आयोजक सेन्ट्रल कलेज म्यानेजमेन्ट तथा इभेन्ट क्लबले जनाएको छ । तेस्रो स्थानमा रहने समुह छनौट भने सामाजिक सञ्जालमा प्राप्त लाइकका आधारमा हुने बताइएको छ । तेस्रो बिजेता पनि घोषित भएपछि प्रथम, दोश्रो र तेस्रो हुनेलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

    कार्यक्रममा कलेजका सहायक प्राचार्य गणेश बुढाथोकीले पर्वप्रति अपनत्व र सामुहमा मिलेर काम गर्न प्रेरित गर्ने उदेश्यले प्रतियोगिता आयोजना भएको बताएका छन् । त्यस्तैगरी कलेजका प्राचार्य पारस श्रेष्ठले विद्यार्थीलाई धार्मिक सहिष्णुता र सह अस्तित्वको पाठ सिकाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।

    सो अवसरमा गीत संगीत, नृत्य, अभिनय र साहित्यको माध्यमबाट विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गरिएको थियो । त्यसैगरी होटेल म्यानेजमेन्टका विद्यार्थीहरुले खानाका स्टल राखी आफ्नो योग्यता प्रदर्शन गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...