News Portal

  • १५ माघसम्म सरकारी कार्यालय १ घण्टा अघि नै बन्द हुने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २६ कार्तिक २०८०
    ५२४ पटक
    bhaktapur cdoभक्तपुर, २६ कार्तिक २०८०

    चाडपर्व सकिएसंगै सरकारी कार्यालयको दैनिक सेवा प्रभावकारी देखिएको छ । सबै कर्मचारी उपस्थित देखिएका छन् ।

    कार्यालय समय ५ बजे सम्म भन्ने सोच्नुभएको छ भने सो समय एक घण्टा घटेर ४ बजे नै कार्यालय बन्द हुन थालिसकेका छन् । १६ कात्तिक देखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुनेगर्छ । कार्तिक १६ गतेदेखि कात्तिक १९ गतेसम्म सार्वजनिक बिदा परेकाले कात्तिक २० गतेदेखि सरकारी कार्यालयसम्म ४ बजेसम्म मात्र खुल्ला रहन थालेका छन् ।

    १५ माघसम्म सरकारी कार्यलयहरु बिहान १० बजे खुल्ने र अपरान्ह ४ बजे बन्द हुनेछ । त्यसपछि भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्ने छन् ।

    सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा निर्धारण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...