News Portal

  • रविले आफ्ना समर्थकसंग भने– ‘खोरमा थुनिदैमा बाघ स्याल हुँदैन’

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ कार्तिक २०८१
    ५६८ पटक
    भक्तपुर, २७ कार्तिक २०८१

    प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ प्रतिक्रिया दिएका छन् ।

    सरकारी वकिलको कार्यालय रूपन्देहीमा बयान दिइसकेपछि बाहिरिने क्रममा मंगलबार रविले आफ्ना समर्थकहरूलाई भने– ‘खोरमा थुनिदैमा बाघ स्याल हुँदैन ।’

    पोखराबाट बयान सकेपछि बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धको मुद्दामा रुपन्देही लगिएको हो।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बयानलगायत अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेपछि कास्की प्रहरीले सूर्यदर्शनबारेको बयान सकेर उनलाईरुपन्देही पुर्याए लगत्तै बयान शुरु भएको बताइएको छ ।

    पूर्व उपप्रधान एवं गृह मन्त्रीसमेत रहेका लामिछानेलाई एमाले-काँग्रेस गठबन्धन सरकारले कात्तिक २ गते पक्राउ गरी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...