News Portal

  • सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ मंसिर २०८१
    ३०७ पटक
    भक्तपुर, ७ मंसिर २०८१

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति बेलादेखि मैले सम्हालेका कुच्ची र क्यानभासले अहिले मेरो पढाइ खर्च सम्हाल्दै छन् । म सिक्दै कमाउँदै गरेको छु । ” यो भनाइ भक्तपुरको श्री पद्म उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० को छात्र विश्वास रिजालको हो ।

    विद्यालयले आफ्नो स्थापनाको १सय १ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको शैक्षिक मेलामा बेच्ने गरी राखिएको आफ्नो पेन्टिङ सामग्रीको स्टलमा भेटिएका आर्टिस्ट विश्वास पढाइमा जस्तै आर्टमा पनि मेहनत र लगन चाहिने बताउँछन् । आफ्नो पढाईमा कक्षा प्रथम रहेका उनी अतिरिक्त क्रियाकलापले पढाइ बिगार्ने कुरा पत्याउदैनन । ”पढाइसंगै थोरै समय बचत गरेर पेन्टिङ्ग कलालाई अघि बढाएको छु ।” उनले भने, ” यसले आनन्द र आम्दानी दुवै बढाएको छ ।”

    यसको अलावा विद्यालयले आयोजनाागरेको शैक्षिक मेलामा विद्यालयले हालसम्म अध्ययन अध्यापन गराउँदै आएका आर्ट, सिभिल / इलेक्ट्रिक इन्जिनियरिङग , कृषि , स्वास्थ्य विज्ञान , प्रविधि लगायत थुप्रै उपयोगी विषयहरूको अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सहभागि गराएर अन्तर विद्यालय स्तरिय शैक्षिक /सीप मेलाको आयोजना गरिएको विद्यालयकी शिक्षक नानु कार्कीले जानकारी गराइन ।

    बुधबार र बिहिबार दुई दिनसम्म चलेको मेलामा सयौको संख्यामा अभिभावक , शिक्षक तथा आगन्तुकहरुले अवलोकन गरेका थिए । विद्यार्थीकै कला उनीहरूकै प्रस्तुतिमा अवलोकन गर्न पाउँदा अभिभावक दंग देखिन्थे । यस प्रकारका बहुआयामिक शैक्षिक मेलाले विद्यार्थीको सिर्जनात्मक क्रियाकलाप र जीवन उपयोगी सिकाइमा मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक राम हाडा बताउँछन् । विद्यालयले पढाइसंगै अतिरिक्त क्रियाकलापलाई महत्वका साथ् संचालन गरिरहेको उनले बताए ।

    बागमती प्रदेश सामाजिक विकास मन्त्री हरीप्रभा खड्गीको प्रमुख आतिथ्यतामा श्री पद्म माविले शनिवार वार्षिकोत्सव समारोह आयोजना गरेको पनि उनले जानकारी गराए । मध्यान्ह १२ बजेपछि विद्यालयमा प्रांगणमा हुने सो कार्यक्रममा विद्यालयले विविध विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै विद्यार्थीका विविध प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...