News Portal

  • उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रहजस्तै भएको प्रचण्डको भनाइ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ ङ्सिर २०८१
    ४९३ पटक
    भक्तपुर, १४ ङ्सिर २०८१

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रह जस्तै भएको बताएका छन् ।

    बिहीबार कीर्तिपुरमा आयोजित उपनिर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने- “अहिले हुनगैरहेको स्थानीय तहको ४४ ठाउँको उपनिर्वाचनलाई जनता भ्रष्टाचारको पक्षमा कि विपक्षमा भनेर फैसला गर्ने सर्वोच्च अदालत हाे ।´

    नेपाली जनता भ्रष्टाचारको पक्षमा हुन नसक्ने भन्दै उनले जनताको अदालतले भ्रष्टाचारमा तल्लीन पार्टीहरुले दण्ड पाउने दावी गरे । नेपाली जनता भ्रष्टाचारको विरुद्धमा छन् । नेपाली जनता सुशासनको पक्षमा छन् । सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा छन् । यो उपनिर्वाचन, हेर्दा उपनिर्वाचन भएपनि यथार्थमा भ्रष्टाचार पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह नै हो ।’ जनताले आफ्नो मतबाट यसको छिनोफानो गर्ने प्रचण्डले प्रष्ट पारेका छन् ।

    प्रचण्डले २०६४ को निर्वाचनमाजस्तै अहिले कीर्तिपुरवासीले माओवादी प्रति उत्साह देखाएको समेत दावी गरे । कीर्तिपुरको मेयर पदका लागि पार्टीका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जन परिवर्तन पक्षधर सबैको साझा उम्मेद्वार भएको उनको भनाइ छ । “महर्जनजस्तो सर्वगुण्सम्पन्न उम्मेद्वार पाउनु खुशीको कुरा हो ।” उनले भने । प्राडा महर्जनले कीर्तिपुरको मुहार फेर्ने सामर्थ्य राख्ने उनले विश्वास दिलाए । मेयरका प्रत्यासी महर्जनले आफूले जिते सरकारी सेवा सुविधा नगरको विकासमा खर्चिने घोषणा गरेकोमा पनि प्रचण्डले प्रशंसा गरे ।

    उनले भने,‘कीर्तिपुरवासी साँच्चै नै भाग्यशाली हुनुहुन्छ, यस्तो उम्मेद्वार विरलै प्राप्त हुन्छ । यो अवसर कीर्तिपुरका जनताले गुम्न दिने छैनन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’ उनले पछिल्लो पटक आफूहरुले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा महाभियान चलाएको स्मरण गराए । उनले समाजमा व्याप्त विभेद, बेथिति, अन्यायको विरुद्ध आफूहरुले अभियान चलाएको पनि बताए ।

    उनले भने,‘नेपालको इतिहासमा नै भ्रष्टाचारविरुद्ध सबभन्दा ठूलो अभियानको सुरुवात हामीले गर्यौं । र, त्यो अभियान सञ्चालन गर्ने क्रममा ठूला ठूला नेताहरु, ठूला कर्मचारीहरु, धेरै त्यसखालका मानिसहरु कानूनको घेराभित्र ल्याउने कोशिस गरियो, र गर्दै जाँदा त्यो भ्रष्टाचारविरोधी अभियानको तीर धेरै ठूला ठाउँमा पुग्ने भयो, तपाईंहरुलाई पक्कै थाहा होला, मैले अहिले सबै भन्न परेन । त्यो अहिले सरकारकै नेतृत्व गरेकैहरु ठाउँमा पुग्ने भयो, एकदम सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने केही कुरा छैन् । बेचन झा र प्रतिक थापा गिरफ्तार भैसकेपछि, फरार अभियुक्तहरु गिरफ्तार भैसकेपछि, भ्रष्टाचारविरोधी अभियानको सुईं कता सोझियो भन्ने कुरा तपाईंहरुले बुझिराख्नु भएकै छ । ठिक त्यसकारण संविधान मिचेर, मैले भन्ने गरेको छु यो सरकार संविधान मिचेर बनेको हो ।” प्रचण्डले प्रष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...