News Portal

  • गृहमन्त्रीका नक्कली पीए पक्राउ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० मंसिर २०८१
    १५३ पटक
    भक्तपुर, २० मंसिर २०८१

    गृहमन्त्रीका नक्कली ‘पीए’ प्रहरी फन्दामा परेका छन् । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीयसचिव(पीए) हुँ’ भन्दै  ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन्  ।

    प्रहरी प्रशासनमै नक्कली पिए बनेर प्रस्तुत हुने उनी बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्ट भएका प्रहरीको भनाइ छ । गृहमन्त्रीको सचिवालयले समेत उनको खोजी गरेपछि प्रहरी चनाखो भएको थियो ।

    विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराई पुष्टि गरेका छन् । नक्कली ‘पीए’ बनेर ठगी गर्दै हिडेका विष्टलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने

    काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...