News Portal

  • सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० मङ्सिर २०८१
    ६४५ पटक
    भक्तपुर, ३० मङ्सिर २०८१

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ । आइतवार सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको हो ।

    सूर्यविनायक नगर प्याब्सनको तेस्रो अधिवेशनबाट अध्यक्षमा विनोद काफ्ले निर्वाचित भएका छन् । उनी रेन्बो स्कूलका संचालक एवं प्रिन्सिपल हुन् । काफ्लेको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

    कार्यसमितिको उपाध्यक्षमा प्रेसियस स्कूलका भोला चौधरी, सचिवमा युनिक स्कूलका खुमप्रसाद शर्मा र कोषाध्यक्षमा ग्लोबलका के.वि. ङाखुसी निर्वाचित भएका निवर्तमान अध्यक्ष दिनेश मैनालीले जानकारी दिए । कार्यसमिति सदस्यहरुमा जनचेतनाका यज्ञ भट्टराई, वेदिकका दीपेन्द्र भण्डारी र विङ्सका जनार्दन अधिकारी निर्वाचित भएका उनले जनाएका छन् । सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको बताइएको छ । कार्यसमितिको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष दिनेश मैनाली र वरिष्ठ सल्लाहकारमा पूर्व अध्यक्ष सानुराजा कार्की रहेका छन् ।

    DK Dhungana

    अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गानाले सक्रियताको आधारमा सूर्यविनायक प्याब्सन नगर प्याब्सनमध्ये उत्कृष्ट दशमा पर्ने भन्दै नेतृत्वको प्रशंसा गरेका थिए । उनले शिक्षामा गरिने लगानीले नै देशको दीर्घकालीन विकास हुने भएपनि सरकारले चासो नदिएको र उल्टै निजी क्षेत्रलाई निराश पार्ने काम गरिरहेको आरोप लगाए ।

    अध्यक्ष ढुङ्गानाले प्याब्सनलाई सडक आन्दोलन गर्नुपर्ने स्थितिमा पुर्याउन राजनीतिक नेता भन्दा कर्मचारीको बढी हात भएको बताए । सो अवसरमा प्याब्सनका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूले सम्बोधन गर्दै प्याब्सनबिना विद्यालय बलियो बन्न नसक्नेमा जोड दिए ।

    उद्घाटन सत्रमा सूर्यविनायक प्याब्सनले सल्लाहकार र सहयोगीहरुलाई सम्मान पत्रले सम्मान गरेको थियो । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकाल, नेकपा(एमाले) का जिल्ला अध्यक्ष वचन देउजा लगायतका नेताहरुलाई पनि सम्मानपत्रको ब्यवस्था गरिएको थियो । अधिवेशनमा सूर्यविनायक प्याब्सनमा आवद्ध २ दर्जन विद्यालयका प्रतिनिधि सम्मिलित थिए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...