News Portal

  • माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ पुस २०८१
    १२३८ पटक
    peris dada maoist party officeभक्तपुर, १४ पुस २०८१

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको छ । निर्वाचन मार्फत यो विषय टुङ्गो लागेको हो ।

    उमेरहद ३२ वर्षे लागू गर्ने कि नगर्ने भन्ने विषयमा देशभरका प्रतिनिधि सम्मिलित मतदानको परिणामबाट उमेरहदका पक्षमा बहुमत देखिएपछि यो विषयको छिनोफानो भएको हो ।  प्रमुख निर्वाचन आयुक्त मुक्ति नारायण श्रेष्ठका अनुसार खसेको १ हजार ७ सय ७९ मतमा ९ सय मत उमेरहदको पक्षमा र उमेरहद नलगाउने पक्षमा ८ सय ७९ मत खसेको थियो ।

    २१ मतान्तरले उमेरहद लगाउने विषय पारित भएको छ । मत परिणाम आएपछि अध्यक्ष पञ्चा सिंहले भनिन्, ‘उम्मेरहद ३२ लागु हुने भएको छ, यो ऐतिहासिक जितका लागि सबैलाई हार्दिक बधाई छ।” उमेर हदकै अधिनमा रही नेतृत्वको निर्वाचन भने माघ १२ गते सम्पन्न हुने उनले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...