भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प गएको छ । मंगलबार बिहान ६:५० बजेको समयमा ठूलो धक्क्का महसुस भएको हो ।
भुकम्प १० सेकेन्ड भन्दा लामो रहेको थियो । सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।
भुकम्प ६ रेक्टरस्केल माथिको अनुमान गरिएको छ ।
अपडेट :
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प ७ रेक्टरस्केलको रहेको मापन गरेको छ । चीनको सिगात्से क्षेत्रमा केन्द्रबिन्दु भएर सो शक्तिशाली भूकम्प गएको बताइएको छ ।
चीन र नेपालसहित भारत, भुटान र बंगलादेशमा समेत धक्का महसुस भएको थियो । नेपालमा बागमती र मधेस प्रदेशमा ठूलो धक्का दिएको भूकम्प देशका प्रायः क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे भने थाहा हुन सकेको छैन । भक्तपुरमा भूकम्पको क्षति बारे बुझ्ने काम भैरहेको प्रमुख जिला अधिकारी गोपालप्रसाद अर्यालले जनाएका छन् ।