News Portal

  • काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ पुस २०८१
    ६०६ पटक
    भक्तपुर, २७ पुस २०८१

    काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम दिन हो । बिहीबारबाट शुरु सो प्रदर्शनी शनिवार साँझ सकिँदैछ ।

    ‘दृष्टि ३.०’ नाम दिइएको प्रदर्शनीमा कलेजले इन्जिनियरिङ क्षेत्रमा आफ्नो आविस्कार, प्रयोग, ज्ञान र सीपलाई प्रदर्शन गरिरहेको छ ।

    कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले एकेडमीक नतिजा उत्कृष्ट भएको तथ्यलाई व्यवहारिक ज्ञान र सीपको माध्यमबाट पुष्टि गर्न दृष्टि प्रदर्शनी आयोजना गरिएको प्रष्ट पारेका छन् । यस्ता प्रदर्शनीले विद्यार्थीहरुमा अन्तरनिहित क्षमता आदानप्रदानमा सहयोग पुग्नुका साथै इन्जिनियरिङ र प्राविधिक ज्ञान, कला, शैली र क्षमता अभिवृद्धि हुने तथा नयाँ नयाँ अन्वेषणमा समेत मद्दत मिल्ने बताएका छन् ।

    प्राचार्य प्रधानले कतिपय विधामा विभिन्न कलेजका विद्यार्थीको सहभागिता र प्रतिस्पर्धाले शिक्षामा गुणस्तर वृद्धि गर्न र नेपाललाई इन्जिनियरिङको पनि हव वनाउन टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।

    कलेजका उप प्राचार्य एसोसिएट प्रोफेसर आर्किटेक्ट शैलिता जोशीले ‘दृष्टि ३.०’ मा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेशन इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र आर्किटेक्चरसँग सम्वन्धित विविध प्रदर्शनीहरु समावेश भएको जानकारी दिइन ।

    उप प्राचार्य जोशीले लाखौं रुपैयाँको प्रतियोगिता रहेको हाकाथन, कोड कम्पिटिसन, गेमफेस्ट, रोबोवार, रोबो सकर, रोबो दृफ्ट तथा इलेक्ट्रिसिटी जेनेरसन, पारहाउस, थानकोट टनेल, एवं विभिन्न मठमन्दिर, पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको आर्किटेक्चरल डिजाइन र मोडेल लगायतले प्रदर्शनीलाई आकर्षक बनाइएको र यसले नयाँ पुस्तालाई ईन्जिनियरिङ शिक्षा तर्फ आकर्षित गर्ने समेत बताइन् ।

    कम्प्युटर विभागका एसोसिएट प्रोफेसर इ. श्रीकृष्ण सुलुले प्रदर्शनी इन्जिनियरिङ बुझ्नेका लागि मात्र नभई बुझ्न खोज्नेहरुका लागि पनि अत्यन्तै उपयोगी रहेको बताए । देशभरका धेरै इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले पनि प्रदर्शनीमा भैरहेका विविध प्रतियोगितामा भाग लिइरहेका उनको भनाइ छ ।

    इन्जिनियरिङ प्रदर्शनीसंगै गीत-संगीत, नृत्य, विभिन्न खेल, वाद- विवाद, कविता र हाजिरीजवाफ प्रतियोगिता त्यसैगरी साँस्कृतिक झाँकी , स्टान्ड अप कमेडी लगायतका प्रस्तुतीले पनि प्रदर्शनीप्रति अवलोकनकर्ता आकर्षित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...