News Portal

  • स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ माघ २०८१
    १०४९ पटक
    भक्तपुर, १ माघ २०८१

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन आयोजना गर्ने भएको छ ।
    शनिबार बसेको सौहार्दको कार्यसमिति बैठकले मार्च ८, २०२५ अर्थात् २०८१ साल फागुन २४ गते शनिबारको दिन उक्त स्पीच कम्पिटिसन आयोजना गर्ने निर्णय गरेको हो । लियो क्लबले अन्तरराष्ट्रीय महिला दिवसको अवसरमा यस्तो कार्यक्रम गर्न लागेको हो ।

    लियो क्लब अफ काठमाडौं सौहार्दले विभिन्न ६ वटा विषयवस्तुमा केन्द्रीत भएर स्पीच कम्पीटिसन आयोजना गर्ने जनाएको छ । लियो क्लबले प्रतियोगितामा महिला सशक्तिकरण, शिक्षा, बेरोजगारी, वित्तीय तथा कानूनी साक्षरता, दिगो विकास र व्यापार, व्यवसाय लगायतकाका विषय समावेश गर्ने जनाएको छ ।

    प्रतियोगितामा सहभागी हुनका लागि इच्छुकले लियो क्लब अफ काठमाडौ सौहार्दको आधिकारिक फेसबुक पेजमार्फत अनलाईन आवेदन पेश गर्न सक्नेछन् । माघ २ गते देखि माघ २८ गतेसम्म अनलाइन आवेदन भर्ना सकिने छ । यसका लागि प्रतिव्यक्ति १ सय रुपैयाँका दरले शुल्क लाग्नेछ । क्लबका अनुसार प्रतियोगितामा बिजयी हुनेलाई पुरस्कार स्वरूप मेडल, प्रमाणपत्रका साथै विजेताको लागि रू ५० हजार र उपविजेताको लागि रू ३० हजार नगद राशीको पनि व्यवस्था गरिएको जनाएको छ ।

    लियो क्लब अफ काठमाडौँ सौहार्दले पछिल्लो ३ वर्षदेखि लगातार यस्तो कार्यक्रम गर्दै आएको छ। जसमा विभिन्न विद्यालयका विद्यार्थी र देशभरका लियो सदस्यहरुको सहभागिता रहेको सौहार्दले जनाएको छ । यस वर्ष पनि विभिन्न विद्यालयका विद्यार्थी, युवा तथा लियो सदस्यहरुले प्रतियोगितामा भाग लिने क्लबले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...