News Portal

  • प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ माघ २०८१
    ५६७ पटक
    भक्तपुर, २ माघ २०८१

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

    कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा रहेका छन् । सचिवमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिवमा प्रशान्त बन्जारा र समावेसी सहसचिवमा बिजय जिम्बा रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा मोतिलाल मोक्तान निर्वाचित भएका छन् ।

    सिङ्गै कार्यसमिति निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष रोजन तामाङले जनाएका छन् । अधिवेशनमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का र महासचिव सन्तोष पौडेल, प्रदेश अध्यक्ष यदुनाथ गौतम लगायतको आतिथ्यता रहेको थियो ।

    अधिवेशनको उद्घाटन भने पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ लालध्वजले गरेका थिए । सो अवसरमा उनले देश र जनतालाई आहात गरिरहेको सरकारको भन्डाफोर गर्नुपर्नेमा जोड दिएका थिए । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका दोङले जनपक्षीय पत्रकारिताको तागत देखाइदिन पनि आग्रह गरेका थिए। कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रत्नप्रसाद ढकाल लगायत जनप्रतिनिधिहरुको पनि आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...