News Portal

  • वातावरण विद खनाललाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ माघ २०८१
    ३७९ पटक
    भक्तपुर, ७ माघ २०८१

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक परेको छ । उनका पिता इलामको देउमाई नगरपालिका-६ का ६२ वर्षीय कृष्णप्रसाद खनालको असामयिक निधन भएको हो ।

    भक्तपुरबाट बिराटनगर जाँदै गर्दा गत मंगलवार कृष्णप्रसाद कार दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते उनको उपचारकै क्रममा बिराटनगरस्थित नोबेल अस्पतालमा सोमबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । सो दुर्घटनामा परेका उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित ४ को अवस्था उपचारपछि सामान्य छ ।

    निजामती सेवाबाट निबृत्त कृष्णप्रसाद समाजसेवी थिए । उनको असामयिक निधनले देउमाई नगर शोकमा डुबेको छ । सोमबार उनको पार्थिव शरीरलाई देउमाई ल्याई अन्तिम संस्कार गरिएको छ ।

    उनका श्रीमती १ छोरा र २ छोरी छन् । वातावरण विद मौसम जेठा छोरा हुन् भने वर्षा र झरना उनका दुई छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...