News Portal

  • उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    भक्तपुरपोस्ट संवाददाताकाठमाडौ, २५ माघ २०८१
    ३६१ पटक
    काठमाडौ, २५ माघ २०८१

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    प्रदेश अध्यक्ष टेनिस रोकाको नेतृत्वमा महासचिव आशिष गुरागाई र कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

    प्रतिनिधि मण्डलले अध्यक्ष बालकृष्ण बस्नेतलाई उनकै कार्यकक्षमा ज्ञापन पत्र बुझाएको महासचिव आशिष गुरागाईले जानकारी गराए ।
    ज्ञापन पत्रमा पत्रपत्रिका वर्गीकरण पारदर्शी र बिना पूर्वाग्रही ढंगले निष्पक्ष एवं विवादरहित बनाउन माग गरिएको छ।

    सूचना विभागले अनलाइन मिडियाको दर्ता प्रक्रियाको कार्य गर्ने भएको हुँदा काउन्सिलमा पुनः सूचीकरण गरेर मिडिया सञ्चालक तथा पत्रकारलाई थप झण्झट नदिन पनि पत्रमा भनिएको छ ।

    प्रदेश समितिले विभिन्न अनलाइन मिडियालाई सूचीकरणबाट हटाएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल उक्त निर्णय फिर्ता लिन माग गरिएको छ।

    त्यस्तै, मिडिया विकास कोष अन्तर्गतका सेवा सुविधामा काठमाडौं उपत्यकाको पत्रकारलाई समावेश नगरेकोप्रति पनि प्रदेशले आपत्ति जनाएको छ। कार्यविधि संंशोधन गरेर सबैभन्दा धेरै पत्रकार र सञ्चारमाध्यम रहेको उपत्यका प्रदेश अन्तर्गतका जिल्लालाई यो सेवा सुविधामा समावेश गर्नुपर्ने माग प्रदेश समितिको छ।

    पत्र बुझ्दै अध्यक्ष बस्नेतले यस्ता ध्यानाकर्षणले काउन्सिलका काम कारबाहीलाई प्रभावकारी र जिम्मेवार बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिएका महासचिव गुरागाईले बताएका छन् । प्रदेशले राखेका उचित माग सम्बोधन गर्ने अध्यक्ष बस्नेतले प्रतिवद्धता समेत प्रकट गरेका बताइएको छ।

    सो अवसरमा काउन्सिलका मुख्य अधिृकत झविन्द्र भुसाल लगायतको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...